८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोड्रिग्वेज रियल मड्रिड फर्किए



अ+ अ-

काठमाडौं । कोलम्बियन स्टार हामेस रोड्रिग्वेज रियल मड्रिड फर्किएका छन्। लोनको समय सकिएपछि यतिबेला रोड्रिग्वेज मड्रिडमा आइपुगेको मार्काले जनाएको छ।

सन् २०१४–२०१५ को सिजनमा रियल मड्रिड अनुबन्ध भएको रोड्रिग्वेजलाई मड्रिडले जर्नम क्लब बायन म्युनिख लोनमा पठाएको थियो।सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका रोड्रिग्वेजले गोल्डेन बुट पाएका थिए।

६३ मिलियन पाउन्डमा रोड्रिग्वेज मड्रिड पुगेका थिए। यसैवर्ष उनको मड्रिडसँग सम्झौता सकिँदैछ।

रोड्रिग्वेज मड्रिड फर्किए पनि उनी प्रशिक्षक जिनेदिन जिदानको नजरमा नरकेको जनाइएको छ। रियलमा ३ सिजन खेल्दा रोड्रिग्वेजले ३६ गोल गरेका थिए।

यस्तै २ सिजन बायनमा बिताएका उनले त्यहाँ मात्र १५ गोल गरे। जिदानले चासो नदिएका हुनाले साथै सम्झौताको कुनै कुरा नआएकाले रोड्रिग्वेज यसै सिजन नयाँ क्लबमा अनुबन्ध हुने अनुमान गरिएको छ।

मार्काका अनुसार एथ्लेटिको मड्रिडले उनलाई अनुबन्ध गर्न चाहिरहेको छ। ४० मिलियन युरो मड्रिडले मागेका कारण त्यसमा छलफल भइरहेको जनाइएको छ।