९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका

भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका
अ अ+ अ-

चितवन। भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि चितवनका स्थानीय तहले आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन् ।

स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहनलगायतका साधन परिचालन गरेका छन् ।

इच्छाकामना गाउँपालिकाले भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफ्नो पालिकाका स्थायी बासिन्दाको खोजी तथा उद्धारका लागि जनही रु २५ हजार उपलब्ध गराउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीका अनुसार हालसम्म पालिकाका चार जना बाढीमा परी बेपत्ता भएको जानकारी प्राप्त भएको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट रु ११ लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

पीडित परिवारलाई आफन्तको खोजीका लागि केही भए पनि राहत पु¥याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो । खोज, उद्धार तथा शव व्यवस्थापनका लागि पालिकाका एम्बुलेन्स र शववाहनसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, कालिका नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३५ लाख सहयोग गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार जनप्रतिनिधि तथा कर्मचारीबाट सङ्कलित रु २६ लाख र नगरपालिकाको विपद् कोषबाट रु नौ लाख गरी उक्त रकम सहयोग गरिएको हो ।

माडी नगरपालिकाले रु ४३ लाख ९८ हजार २०६ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको ८४औँ बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोका अनुसार उक्त रकममध्ये आपत्कालीन विपद् व्यवस्थापन कोषबाट रु १० लाख, जनप्रतिनिधिको सेवा सुविधाबाट रु एक लाख ५८ हजार ६९७, नगरपालिकाका कर्मचारीको तलबबाट रु १२ लाख ५९ हजार ६४१ तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको सेवा सुविधा र तलबबाट रु १९ लाख ७९ हजार ८६८ रहेको छ ।

त्यस्तै, खैरहनी नगरपालिकाले राहत तथा पुनःस्थापनाका लागि रु १५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । भदौ १८ गते बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

राप्ती नगरपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने तयारी गरेको छ । नगरपालिकाका अनुसार बिदापछि कार्यपालिका बैठक बसेर सहयोग रकमबारे निर्णय गरिने नगरप्रमुख शमशेर लामाले बताउनुभयो  । बाढी आएदेखि नै नगरपालिकाका एम्बुलेन्स, कृषि एम्बुलेन्सलगायतका साधन तथा उपकरण खोज, उद्धार तथा अन्य सहयोगमा परिचालन गरिएको उहाँको भनाइ छ ।

यसअघि भरतपुर महानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु एक करोड एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ भने रत्ननगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

चितवनका स्थानीय तहले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापनलगायतका कार्यमा समेत सहयोग गरिरहेका छन् । स्थानीय तहका एम्बुलेन्स, शववाहन तथा अन्य आवश्यक साधनस्रोत यस कार्यमा परिचालन गरिएको छ ।
–––