८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बरियतामा नेपाल एक स्थान तल झर्‍यो, शीर्ष स्थानमा बेल्जियम यथावत



अ+ अ-

काठमाडौं । विश्व फुटबल बरियतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको विश्व बरियतामा नेपाल एक स्थान तल झरेको हो । यसअघि नेपाल १६५औं स्थानमा थियो ।

यता, भारत भने दुई स्थान तल झर्दै १०३औं स्थानमा पुगेको छ ।यसअघि भारत भारत १०१ औं स्थानमा थियो । यता माल्दिभ्स पनि एक स्थान तल झर्दै १५२औं स्थानमा छ । पहिला माल्दिभ्स १५१ औं स्थानमा थियो ।

बंगलादेशले भने एक स्थान सुधार गर्दै १८२औं स्थानमा उक्लिएको छ । पहिला बंगलादेश १८३ औं स्थानमा थियो । भुटान १८६औं स्थानमा यथावत रहंदा श्रीलंका र पाकिस्तानले समान ११ स्थानमा सुधार गर्दै २००औं र २०४औं स्थानमा छन् । पहिला श्रीलंका २०१ औं र पाकिस्तान २०५ औं स्थानमा थियो ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम यथावत रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा भने ब्राजिल उक्लिएको छ । विश्वविजेता फ्रान्स भने तेस्रो स्थानमा झरेको छ ।