२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बरियतामा नेपाल एक स्थान तल झर्‍यो, शीर्ष स्थानमा बेल्जियम यथावत



अ+ अ-

काठमाडौं । विश्व फुटबल बरियतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको विश्व बरियतामा नेपाल एक स्थान तल झरेको हो । यसअघि नेपाल १६५औं स्थानमा थियो ।

यता, भारत भने दुई स्थान तल झर्दै १०३औं स्थानमा पुगेको छ ।यसअघि भारत भारत १०१ औं स्थानमा थियो । यता माल्दिभ्स पनि एक स्थान तल झर्दै १५२औं स्थानमा छ । पहिला माल्दिभ्स १५१ औं स्थानमा थियो ।

बंगलादेशले भने एक स्थान सुधार गर्दै १८२औं स्थानमा उक्लिएको छ । पहिला बंगलादेश १८३ औं स्थानमा थियो । भुटान १८६औं स्थानमा यथावत रहंदा श्रीलंका र पाकिस्तानले समान ११ स्थानमा सुधार गर्दै २००औं र २०४औं स्थानमा छन् । पहिला श्रीलंका २०१ औं र पाकिस्तान २०५ औं स्थानमा थियो ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम यथावत रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा भने ब्राजिल उक्लिएको छ । विश्वविजेता फ्रान्स भने तेस्रो स्थानमा झरेको छ ।