८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सञ्चारमन्त्री सिंहको ८७ वर्षको उमेरमा निधन



अ+ अ-

राजविराज । पञ्चायतकालमा सात वर्ष मन्त्री रहेका चुतुर्भुजप्रसाद सिंहको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा शुक्रबार बिहान राजविराजस्थित निवासमा निधन भएको हो ।

उनि दर्पनारायण सिंह र कौशल्यादेवी सिंहको कान्छा छोराका थिए । पारिवारिक पृष्ठभूमिका कारण पञ्चायतकाल स्थापनासँगै राजनीतिमा होमिएका सिंह प्रधानमन्त्री कीर्तिनिधि विष्टको मन्त्री मण्डलमा पहिलो पटक २०२५ साल चैत २५ गते निर्माण, सञ्चार र यातायात मन्त्री बनेका थिए।

त्यसपछि २०३० साल साउन १ गतेदेखि २०३२ मङ्सिर १४ गतेसम्म प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको मन्त्रीमण्डलमा सिंह उद्योग तथा बाणिज्य मन्त्री रहे।

सिंहका दुई छोरा र एक छोरी छन्। पछिल्लो समय रक्तचापबाट पीडित सिंहलाई १५ दिनदेखि खानामा रुची हुन छाडेपछि कमजोर बनेका थिए।सिंहको शुक्रबार अपरान्ह सप्तकोशी नदीमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन्।पूर्वमन्त्री सिंह गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका काका हुन्।