२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सञ्चारमन्त्री सिंहको ८७ वर्षको उमेरमा निधन



अ+ अ-

राजविराज । पञ्चायतकालमा सात वर्ष मन्त्री रहेका चुतुर्भुजप्रसाद सिंहको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा शुक्रबार बिहान राजविराजस्थित निवासमा निधन भएको हो ।

उनि दर्पनारायण सिंह र कौशल्यादेवी सिंहको कान्छा छोराका थिए । पारिवारिक पृष्ठभूमिका कारण पञ्चायतकाल स्थापनासँगै राजनीतिमा होमिएका सिंह प्रधानमन्त्री कीर्तिनिधि विष्टको मन्त्री मण्डलमा पहिलो पटक २०२५ साल चैत २५ गते निर्माण, सञ्चार र यातायात मन्त्री बनेका थिए।

त्यसपछि २०३० साल साउन १ गतेदेखि २०३२ मङ्सिर १४ गतेसम्म प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको मन्त्रीमण्डलमा सिंह उद्योग तथा बाणिज्य मन्त्री रहे।

सिंहका दुई छोरा र एक छोरी छन्। पछिल्लो समय रक्तचापबाट पीडित सिंहलाई १५ दिनदेखि खानामा रुची हुन छाडेपछि कमजोर बनेका थिए।सिंहको शुक्रबार अपरान्ह सप्तकोशी नदीमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन्।पूर्वमन्त्री सिंह गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका काका हुन्।