२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई घुस दिन खोज्ने प्रहरीकै खोरमा



अ+ अ-

भक्तपुर । प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ परेका छन् । बिहीबार साँझ ड्युटीमा रहेका प्रहरीले कागजपत्र माग्दा कारबाहीबाट बच्न नगद १ हजार घुस दिएका हुन् ।

ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा बा.८८ प ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका– १० घर भएका २२ वर्षीय सञ्जिव लामा र मोटरसाइकलमा सवार मकवानपुर घर भएका १९ वर्षीया सविना थापालाई पक्राउ गरेको थियो ।

मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै जनाले मादक पदार्थ सेवन गरेकोले कागजपत्र माग्दा कारबाहीबाट बच्न नगद १ हजार दिई उनीहरुले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । दुबै जनालाई उक्त रकम र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरिएको जनाएको छ ।