भक्तपुर । प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ परेका छन् । बिहीबार साँझ ड्युटीमा रहेका प्रहरीले कागजपत्र माग्दा कारबाहीबाट बच्न नगद १ हजार घुस दिएका हुन् ।
ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा बा.८८ प ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका– १० घर भएका २२ वर्षीय सञ्जिव लामा र मोटरसाइकलमा सवार मकवानपुर घर भएका १९ वर्षीया सविना थापालाई पक्राउ गरेको थियो ।
मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै जनाले मादक पदार्थ सेवन गरेकोले कागजपत्र माग्दा कारबाहीबाट बच्न नगद १ हजार दिई उनीहरुले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । दुबै जनालाई उक्त रकम र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरिएको जनाएको छ ।