८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने झाक्री पक्राउ



अ+ अ-

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने झाक्री पक्राउ परेका छन् । झारफुक गर्ने बाहनामा किशोरीलाई जबरजस्ती गर्न खोजेको आरोपमा झाँकी पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार झापा विर्तामोड स्थायी घर भएका ४० वर्षीय झाँक्री सर्बु राई पक्राउ परेका हुन्।

टाउको र शरीर दुख्ने समस्या देखिएपछि ती किशोरी साउन ७ गते झाँक्रीकहाँ पुगेकी थिइन्। ‘उपचार गर्दा कसैले देख्न नहुने झाक्रीले बताएका रहेछन्,’ बालिकालाई उदृत गर्दै मिश्रले भने, ‘उनले झारफुट गर्ने बाहनामा किशोरीमाथि जबरजस्ती गर्न खोजेपछि उनी भागिछन्।’

किशोरीका अनुसार (‘ झाँकीले कोठाभित्र लगेर पर्दा लगाएपछि आँखा बन्द गर्न लगाए। त्यसपछि रोग निको हुनका लागि लगाएको कपडा फुकाल्नुपर्ने भन्दै किशोरीले लगाएको टिसर्ट माथि सारेर जबरजस्ती गर्न खोजेपछि त्यहाँबाट भागे।’

घटनाबारे किशोरीले आफ्ना अभिभावकलाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको हो। झाँक्री राइले प्रहरीसमक्ष आफूले जबरजस्ती गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।