२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने झाक्री पक्राउ



अ+ अ-

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने झाक्री पक्राउ परेका छन् । झारफुक गर्ने बाहनामा किशोरीलाई जबरजस्ती गर्न खोजेको आरोपमा झाँकी पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार झापा विर्तामोड स्थायी घर भएका ४० वर्षीय झाँक्री सर्बु राई पक्राउ परेका हुन्।

टाउको र शरीर दुख्ने समस्या देखिएपछि ती किशोरी साउन ७ गते झाँक्रीकहाँ पुगेकी थिइन्। ‘उपचार गर्दा कसैले देख्न नहुने झाक्रीले बताएका रहेछन्,’ बालिकालाई उदृत गर्दै मिश्रले भने, ‘उनले झारफुट गर्ने बाहनामा किशोरीमाथि जबरजस्ती गर्न खोजेपछि उनी भागिछन्।’

किशोरीका अनुसार (‘ झाँकीले कोठाभित्र लगेर पर्दा लगाएपछि आँखा बन्द गर्न लगाए। त्यसपछि रोग निको हुनका लागि लगाएको कपडा फुकाल्नुपर्ने भन्दै किशोरीले लगाएको टिसर्ट माथि सारेर जबरजस्ती गर्न खोजेपछि त्यहाँबाट भागे।’

घटनाबारे किशोरीले आफ्ना अभिभावकलाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको हो। झाँक्री राइले प्रहरीसमक्ष आफूले जबरजस्ती गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।