२० भाद्र २०८३, शनिबार
,
Latest
थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा नेपाली विद्यार्थी सवार कार दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको एक समूहको स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमाको मोनारो हाइवेमा कार दुर्घटना भएको छ।

सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीहरूको एक टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो। पन्ध्र जना विद्यार्थीहरूको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट स्नोइ माउन्टेन गएका थिए । सोही समूहको कार बिहान पखको तीन बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको आशंका गरिएको छ भने तीन जना घाइते भएका छन्।

तीव्र गतिमा रहेको सो कारले सडकमा कंगारु बचाउन खोज्दा दुर्घटनामा परेको घाइते एक विद्यार्थीले बताए।

घाइते तीन जना विद्यार्थीहरूमा अस्वीन कँडेलको अवस्था सामान्य रहेको र उनलाई कोमा हस्पिटलबाट डिस्चार्ज गरिएको छ।

नेपाली राजदूतावासकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाले क्यानबेरा हस्पिटलमा रहेका दुई घाइतेलाई भेटी उनीहरूको अवस्थाका बारेमा जानकारी लिएको बताइन्।

क्यानबेराबाट केही तल रहेको कोमाको मोनारो हाइवेमा भएको सो दुर्घटना भएको विषयमा राजदूतावास बिहानदेखिनै सक्रिय रहेको र नेपाली विद्यार्थीहरूको अवस्थाका बारेमा चिन्तित रहेको सापकोटाले बताइन्।

राजदूतावास प्रहरीको सम्पर्कमा रहेको र दुई जनाको अवस्थाका बारेमा अझै यकिन नआइसकेको अवस्थामा केही भन्न नसकिने सापकोटाले सुनाइन्।