१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

छाडा चौपायाले सडक दुर्घटना बढ्दो

छाडा चौपायाले सडक दुर्घटना बढ्दो
अ अ+ अ-

राँझा । नेपालगञ्ज शिक्षण अस्पतालमा कार्यरत नर्स शर्मिला थापा गए राति सडकमा रहेको छाडा पशुसँग ठोक्ँिकदा गम्भीर घाइते हुनुभएको छ ।

नेपालगञ्जको कारकाँदोमा छाडा चौपायासँग नर्स थापा चढेको स्कुटर ठोक्किएर दुर्घटना हुँदा टाउकामा गम्भीर चोट लागेकाले नेपालगञ्जमा उपचार हुन नसकेपछि शनिबार राति नै उहाँलाई भारतको लखनऊमा थप उपचारका लागि लगिएको बुबा डम्मर थापाले जानकारी दिनुभयो ।

नेपालगञ्ज–कोहलपुर चारलेन सडकमा छाडा चौपायाको कारण सडक दुर्घटनाको जोखिम उच्च बढेको छ । सडक बीचभागमा छाडा चौपाया आवतजावत गर्ने र बीच सडकमै बस्ने गरेका कारण दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् ।

गत आव २०७५÷७६ मा छाडा चौपायासँग ठोक्किएर भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सवारी दुर्घटनामा सडकमा रहेका गाईगोरु पनि मर्ने गरेका छन् । रातिको समयमा छाडा चौपायासँग ठोक्किएर सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार छाडा चौपायासँग ठोक्किएर राति ८ बजेपछिको समयमा सवारी दुर्घटना हुने गरेका छन् । राति सडकमा बसेका गाईगोरु नदेखिने हुँदा सवारी दुर्घटना हुने गरेको छ । “दिउँसोमा त्यति धेरै दुर्घटना हुँदैनन्, गाईगोरु चर्न जान्छन् होला”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “रातिको समयमा सडकमा बस्ने हुँदा दुर्घटना हुने गरेका छन् ।”

दिउँसो सडकमा देखिने गाईगोरु लखेट्ने गरे पनि रातिमा फेरि सडकमै आएर बस्ने गरेका कारण छाडा चौपायाको कारण दुर्घटना दैनिकजसो हुने गरेको उहाँको भनाइ छ । छाडा चौपाया व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका, ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले पटक पटक पहल गरे पनि नियन्त्रण हुन सकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले छाडा चौपाया सबैको टाउको दुखाइको विषय भएको बताउनुहुन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थित काञ्जी हाउस सञ्चालनको तयारी गरेकाले आगामी दिनमा समस्या न्यूनीकरण हुने उहाँले बताउनुभयो ।

विगतमा नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज क्षेत्रका छाडा चौपाया गाई, गोरु, गधा बाँके निकुञ्जभित्रको जङ्गलमा पु¥याए छोडिए पनि पनि समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो ।

सडकमा उभिएका र दौडिरहेका पशुचौपायाले पैदल यात्री र सवारी चालकको सातोपुत्लो लिने गरेका छन् । सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाई, गोरु, खच्चरले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएको छ । बूढा पशुचौपाया गाई, गोरु र खच्चर सडकमा ल्याएर छोड्ने र गाडीको ठक्करबाट मार्ने संस्कार बढेको नेपालगञ्जका नागरिक अगुवा तेजविक्रम शाह बताउनुहुन्छ ।

“सवारी दुर्घटनामा परी चारलेन सडकमा पशुचौपाया मरेका र गन्ध आइरहेका देखेकै छौँ”, उहाँले भन्नुभयो, “यसरी आँखै अगाडि दुर्घटना देख्दा पनि प्रहरी र जनप्रतिनिधिले चौपाया व्यवस्थापनतर्फ चासो नदिनु दुःखद कुरा हो ।”

नेपालगञ्ज उपमहानगरपालिका कार्यालयअगाडि विपीचोक क्षेत्रमै चौबिसै घण्टा छाडा चौपाया देखिने गरेका छन् । चारलेन सडकको व्यस्त चोक चौराहमा छाडा चौपाया बस्नाले दुर्घटना बढी हुने गरेको शाहको भनाइ छ ।

नेपालगञ्जमा नगरवासीले घरका बूढा र रोगी गाई, गोरु, घोडा, खच्चर सडकमा छोड्ने चलन छ । बीच सडकमा साँढेले सडक जाम गर्ने, साइकल, मोटरसाइकल, रिक्सा जस्ता सवारीसाधन पल्टाउने र ठोकेरै हिँड्ने गर्छन् । वर्षौंदेखिको समस्याका रूपमा छाडा चौपायाको बिगबिगी चारलेन विस्तारपछि झनै बढेको छ । बजार क्षेत्रमा छाडिने यस्ता पशुले पसलका सामान खाइदिने, सर्वसाधारणलाई दुःख दिने गर्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको भर्खरै जिम्मेवारी सम्हाल्नुभएका प्रहरी निरीक्षक पवीन्द्र बमले छाडा चौपायाले सडक व्यवस्थापन र ट्राफिक सहजतामा बाधा पु¥याएकाले यो विषयमा गम्भीरताका साथ लाग्ने बताउनुभयो । उहाँले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासँग समन्वय र सहकार्य गरेर नियन्त्रणको कार्य थाल्ने जानकारी दिनुभयो ।