• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २० हजारभन्दा बढी विस्थापित



रियो डि जेनेरियो । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन् ।

प्राप्त समाचारअनुसार यहाँका यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यसबाट कम्तीमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।

धेरै स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पु¥याइरहेका बताइएको छ ।यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् । (रासस-सिन्ह्वा)