४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमारविरुद्ध लागेको बलात्कार अभियोगको छानबिन स्थगित



अ+ अ-

काठमाडौं । प्रहरीले ब्राजिलियन फुटबलर नेयमारविरुद्ध लागेको बलात्कार अभियोगको छानबिन स्थगित गरेको छ ।

प्रमाणको अभावमा मुद्दा निलम्बन गरिएको साओ पाओला महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । तर, अन्तिम निर्णयका लागि अभियोजनकर्ता कहाँ पठाइनेछ ।

ब्राजिलियन मोडल नाजिला त्रिन्दाजीले नेयमारमाथि १५ मेमा पेरिसको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार रक्सीले मातेका नेयमारले उनी बसेको होटलमा आएर उनलाई जिस्काउँदै आक्रमक हुँदै उनको इच्छा विपरित यौन सम्बन्ध राखेको दाबी गरेकी थिइन् ।

जसलाई नेयमारले अस्वीकार गर्दै आएका छन् ।उनले आरोप लगाइएको रात आफ्ना ब्राजिलियन साथी खेलाडी मार्क्विनहोसको जन्मदिनको पार्टीमा रहेको दाबी गरेका छन् ।

नेयमारका प्रवक्ताले प्रहरीको निर्णयबारे प्रतिक्रिया दिन अस्वीकार गरेको एएफपीले जनाएको छ ।