काठमाडौं । प्रहरीले ब्राजिलियन फुटबलर नेयमारविरुद्ध लागेको बलात्कार अभियोगको छानबिन स्थगित गरेको छ ।
प्रमाणको अभावमा मुद्दा निलम्बन गरिएको साओ पाओला महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । तर, अन्तिम निर्णयका लागि अभियोजनकर्ता कहाँ पठाइनेछ ।
ब्राजिलियन मोडल नाजिला त्रिन्दाजीले नेयमारमाथि १५ मेमा पेरिसको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार रक्सीले मातेका नेयमारले उनी बसेको होटलमा आएर उनलाई जिस्काउँदै आक्रमक हुँदै उनको इच्छा विपरित यौन सम्बन्ध राखेको दाबी गरेकी थिइन् ।
जसलाई नेयमारले अस्वीकार गर्दै आएका छन् ।उनले आरोप लगाइएको रात आफ्ना ब्राजिलियन साथी खेलाडी मार्क्विनहोसको जन्मदिनको पार्टीमा रहेको दाबी गरेका छन् ।
नेयमारका प्रवक्ताले प्रहरीको निर्णयबारे प्रतिक्रिया दिन अस्वीकार गरेको एएफपीले जनाएको छ ।