४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको सरकारी जग्गा बेच्नेलाई मृत्युदण्ड दिने कानून बनाउन सुवालको माग



अ+ अ-

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान संशोधन गरेर मृत्युदण्ड दिने नियम/कानून बनाउन माग गरेका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा मंगलबार बोल्दै सांसद सुवालले ३८ क्वीन्टल सुन तस्करीदेखि प्रधानमन्त्रीको निवास बालुवाटारस्थित सरकारी जग्गा बेच्नेसम्मलाई मृत्युदण्ड दिनुपर्ने बताएका हुन् ।

‘दैनिक सामाजिक अपराध र भ्रष्टाचार बढिरहेका छन्। ३८ क्वीन्टल सुन, वाइडबडी भ्रष्टाचार, एनसेलको कर प्रकरण, ललिता निवासको जग्गा विक्रीका सबै अपराधीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्छ’, सुवालले भने, ‘राज्य व्यवस्था समितिले सरकारलाई, प्रधानमन्त्रीलाई भनेर मृत्युदण्डको संवैधानिक व्यवस्था गराओस।’