• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद्

इन्डोनेसियामा ७.६ म्याग्नीच्युडको भूकम्प, आँधीको चेतावनी



जाकर्ता । इन्डोनेसियाको फ्लोरेस टापुको समुद्रमा ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प गएसँगै मौसम विभागले सुनामीको सम्भावना रहेको चेतावनी दिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार मङ्गलबारको भूकम्पको केन्द्रविन्दु समुद्रको १८.५ किलोमिटर गहिराइमा थियो । यो मौमेरे शहरबाट करिब ११२ किलोमिटर टाढा हो । 

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार मङ्गलबारको भूकम्पको केन्द्रविन्दु समुद्रको १८.५ किलोमिटर गहिराइमा थियो र यो स्थान मौमेरे शहरबाट करिब ११२ किलोमिटर टाढा रहेको छ।

मौमेरे पूर्वी नुसा टेङ्गारा प्रान्तको दोस्रो ठूलो शहर हो र यहाँ करिब ८५ हजार जनसङ्ख्या रहेको छ । राष्ट्रिय प्रकोप न्यूनीकरण (व्यवस्थापन) एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूले भूकम्पको धक्का महसुस गरेको बताउनुभयो । टेलिभिजनमा प्रसारण गरिएका भिडियोहरूमा भूकम्पले हल्लाएर भवनहरूबाट बाहिर निस्किएका मानिसहरू देखाइएको छ।

मुहारीले भन्नुभयो, ‘अहिलेसम्म भूकम्पका कारण कुनै पनि मानवीय वा धनमालको क्षतिको विवरण आएको छैन । कार्यदलले भूकम्प प्रभावित क्षेत्रबाट तत्काल सूचना सङ्कलन गर्ने प्रयास गरिरहेको छ ।’ इन्डोनेसिया २७ करोड जनसङ्ख्या भएको एक विशाल द्वीप समूह हो । यो मुलुक बारम्बार भूकम्प, ज्वालामुखी विष्फोट र सुनामीको जोखिममा रहेको छ ।