३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ७.६ म्याग्नीच्युडको भूकम्प, आँधीको चेतावनी



अ+ अ-

जाकर्ता । इन्डोनेसियाको फ्लोरेस टापुको समुद्रमा ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प गएसँगै मौसम विभागले सुनामीको सम्भावना रहेको चेतावनी दिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार मङ्गलबारको भूकम्पको केन्द्रविन्दु समुद्रको १८.५ किलोमिटर गहिराइमा थियो । यो मौमेरे शहरबाट करिब ११२ किलोमिटर टाढा हो । 

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार मङ्गलबारको भूकम्पको केन्द्रविन्दु समुद्रको १८.५ किलोमिटर गहिराइमा थियो र यो स्थान मौमेरे शहरबाट करिब ११२ किलोमिटर टाढा रहेको छ।

मौमेरे पूर्वी नुसा टेङ्गारा प्रान्तको दोस्रो ठूलो शहर हो र यहाँ करिब ८५ हजार जनसङ्ख्या रहेको छ । राष्ट्रिय प्रकोप न्यूनीकरण (व्यवस्थापन) एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूले भूकम्पको धक्का महसुस गरेको बताउनुभयो । टेलिभिजनमा प्रसारण गरिएका भिडियोहरूमा भूकम्पले हल्लाएर भवनहरूबाट बाहिर निस्किएका मानिसहरू देखाइएको छ।

मुहारीले भन्नुभयो, ‘अहिलेसम्म भूकम्पका कारण कुनै पनि मानवीय वा धनमालको क्षतिको विवरण आएको छैन । कार्यदलले भूकम्प प्रभावित क्षेत्रबाट तत्काल सूचना सङ्कलन गर्ने प्रयास गरिरहेको छ ।’ इन्डोनेसिया २७ करोड जनसङ्ख्या भएको एक विशाल द्वीप समूह हो । यो मुलुक बारम्बार भूकम्प, ज्वालामुखी विष्फोट र सुनामीको जोखिममा रहेको छ ।