काठमाडौं । फेरि प्लुटोले ग्रहकै मान्यता र दर्जा पाएको छ ।
ब्रह्माण्डका वस्तुको वर्गीकरणको जिम्मेवार संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आएयु) ले भर्खरै प्लुटोलाई एक मुख्य ग्रहको रुपमा वर्गीकृत भएको घोषणा गरेको हो ।
सन् २००६ मा प्लुटोलाई सौर्यमण्डलको पूर्ण सदस्य ग्रह नमान्ने, त्यलाई क्षुद्र ग्रह मान्ने घोषणा भएको थियो । त्यतिबेलादेखि नै प्लुटोलाई पुनः ग्रहको मान्यता दिन अभियान थालिएक थिए तर यसले सफलता भेट्टाउन सकेको थिएन ।
तर, आएयुले आफ्नो पुरानो निर्णयलाई गलत मान्दै त्यसलाई सच्चाएको छ । त्यसअनुसार, आएयुले प्रेस विज्ञप्ति जारी गरी वरफै बरफले भरिएको चिसो ग्रह प्लुटोलाई फेरि ग्रहको मान्यता दिएको छ ।
हाम्रो सौर्यमण्डलको नवौं ग्रहको रुपमा लामो समयदेखि स्थापित र मानिँदै आएको यो ग्रहले मर्करी, भेनस, पृथ्वी, मंगल, जुपीटर, स्याटर्न, युरानास, नेप्ट्युन र प्लानेट–एक्सले सोही स्तरको पुनःमान्यता पाएको हो ।
प्लुटोलाई क्षुद्र ग्रह घोषणा गरिएपछि सौर्यमण्डलमा आठ वटा ग्रहहरु रहको थिए । तर पुनः प्लुटोले ग्रहको रुपमा मान्यता पाएपछि सौर्यमण्डलमा ग्रहको संख्या नौं वटा पुगेको छ ।