२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रायमाझी ‘मिस्टर वल्र्ड’मा



अ+ अ-

काठमाडौं । फिलिपिन्सको राजधानी मनिलामा यही साउन २१ गते हुने ‘मिस्टर वल्र्ड २०१९’ को दशौँ संस्करणमा मिस्टर नेपाल विजेता अक्षयजङ्ग रायमाझीले नेपालको प्रतिनिधित्व गर्नुहुने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एक्सपोज नेपालका कार्यकारी प्रमुख अर्चना थापाले विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिसँग हुने उक्त प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने विषय सम्पूर्ण नेपालीका लागि गौरव भएको बताउनुभयो । उक्त प्रतियोगितामा १७ वर्षदेखि ३० वर्षसम्मका युवा सहभागी हुने छन् ।

उक्त कार्यक्रममा रायमाझीले नेपाली वेषभूषाका साथै कला संस्कृतिको अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उक्त प्रतियोगितामा सगरमाथा, हिन्दूशास्त्र, बौद्धतन्त्रका महत्वबारे अन्तर्राष्ट्रिय तहमा जानकारी गराउने र भैरव नृत्य गर्ने कार्यक्रम छ ।

युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सन् २००१ देखि सञ्चालित मिस्टर नेपालमा सहभागीलाई प्रतिस्पर्धीलाई क्षमता उजागर, नेतृत्वदायी क्षमता, राष्ट्रिय गौरवका विषयवस्तुबारे जानकारी गराइन्छ । मिस्टर नेपाल युवाको बौद्धिकता र व्यक्तित्वका आधारमा गराइने पुरुष ट्यालेन्ट पेजेन्ट हो ।

बानेश्वर निवासी रायमाझी सन् २०१७ का विजेता हुनुहुन्छ । मिस्टर नेपाल २०१९ का लागि नयाँ आवेदन खुला गरिएको जनाइएको छ ।




भर्खरै