९ आश्विन २०८१, बुधबार
,
Latest
हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन अहिलेको आर्थिक विकास मोडलले नै असमानता बढायो: विज्ञहरु परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रायमाझी ‘मिस्टर वल्र्ड’मा



अ+ अ-

काठमाडौं । फिलिपिन्सको राजधानी मनिलामा यही साउन २१ गते हुने ‘मिस्टर वल्र्ड २०१९’ को दशौँ संस्करणमा मिस्टर नेपाल विजेता अक्षयजङ्ग रायमाझीले नेपालको प्रतिनिधित्व गर्नुहुने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एक्सपोज नेपालका कार्यकारी प्रमुख अर्चना थापाले विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिसँग हुने उक्त प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने विषय सम्पूर्ण नेपालीका लागि गौरव भएको बताउनुभयो । उक्त प्रतियोगितामा १७ वर्षदेखि ३० वर्षसम्मका युवा सहभागी हुने छन् ।

उक्त कार्यक्रममा रायमाझीले नेपाली वेषभूषाका साथै कला संस्कृतिको अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उक्त प्रतियोगितामा सगरमाथा, हिन्दूशास्त्र, बौद्धतन्त्रका महत्वबारे अन्तर्राष्ट्रिय तहमा जानकारी गराउने र भैरव नृत्य गर्ने कार्यक्रम छ ।

युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सन् २००१ देखि सञ्चालित मिस्टर नेपालमा सहभागीलाई प्रतिस्पर्धीलाई क्षमता उजागर, नेतृत्वदायी क्षमता, राष्ट्रिय गौरवका विषयवस्तुबारे जानकारी गराइन्छ । मिस्टर नेपाल युवाको बौद्धिकता र व्यक्तित्वका आधारमा गराइने पुरुष ट्यालेन्ट पेजेन्ट हो ।

बानेश्वर निवासी रायमाझी सन् २०१७ का विजेता हुनुहुन्छ । मिस्टर नेपाल २०१९ का लागि नयाँ आवेदन खुला गरिएको जनाइएको छ ।