३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्तानबुलको अपार्टमेन्टमा आगलागी हुँदा ४ विदेशी बालबालिकाको मृत्यु २ घाइते



अ+ अ-

इस्तानबुल । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको अपार्टमेन्ट भवनमा मंगलबार बिहान भएको आगलागीमा चार विदेशी बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।

कार्यालयले विज्ञप्ति मार्फत् उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान २:५० बजे (सोमबार 2350GMT) शहरको युरोपेली भागमा रहेको इसेन्युर्ट जिल्लाको पाँच तले भवनको भुँइतला तल भएको जनाएको छ।

विदेशी परिचय भएका चार बालबालिकाले आगलागीमा ज्यान गुमाएका छन् ।  बच्चाकी आमा र अर्को बच्चालाई उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा न्यायिक र प्रशासनिक अनुसन्धान थालिएको छ । (रासस/ सिन्ह्वा)