२१ असार २०८३, आईतवार
,
Latest
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी आईजीपी कार्की अमेरिका प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ सरकारलाई कर्मचारी भर्नाको बाटो खुल्यो



अ+ अ-

काठमाडौं । कर्मचारी अभावका कारण काम गर्न नसकेको गुनासो गर्दै आएको प्रदेश २ ले आफ्नै कर्मचारी भर्ना गर्न बाटो खोलेको छ । प्रदेश सभाले बुधबार लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेपछि कर्मचारी भर्नाको बाटो खुलेको हो ।

विधेयक पारितसँगै अब लोकसेवा आयोग गठन गरेर प्रदेश २ ले आफैँ कर्मचारी भर्ना गर्न सक्छ ।प्रदेश सभाको बैठकमा कांग्रेसका शिवचन्द्र चौधरी र नेकपाका गोविन्द न्यौपानेले राखेको जिज्ञासाको मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले जवाफ दिएपछि विधेयक सर्वसम्मत पारित भएको हो ।

कर्मचारी अभावका कारण सरकारले प्रभावकारी काम गर्न नसकेको राउतले बताए । विधेयक पारित भएपछि अब आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज बनाउने उनको भनाइ छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।