२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहुबलीका अभिनेता मधु प्रकाशकी श्रीमतीले गरीन् आत्महत्या



अ+ अ-

फिल्म बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् । हंस इन्डियाको रिपोर्ट अनुसार मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

मधुको आत्महत्याको वास्तविक कारण थाहा भने अहिलेसम्म पनि खुलेको छैन् । सिटी पुलिसले यो मामलामा मुद्दा दर्ता गरेको छ ।भारतिय रिपोर्टका अनुसार उनीहरु बिच त्यती रामा्रे समबन्ध स्थापीत थिएन । रिपार्टेका अनुसार मधुले भारतीलाई आफू जिममा जान लागेको जानकारी दिएका थिए र पछि टिभी शोको सुटिङका लागि बिहान करिब १० बजे घरबाट निस्किएका थिए ।

तर भारतीले मधुलाई तत्काल घर आउन आग्रह गर्दै फोन गरेकी थिइन्, यस्तो नगरे आफूले आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन् । तर श्रीमतीको कुरालाई वेवास्ता गरेका उनी बेलुका साढे सात बजे घर आउँदा श्रीमतीलाई कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको बताइएको छ ।

भारतीको शव पोष्ट मर्टमको लागि ओस्मानिया जनरल अस्पताल पठाइएको छ । पुलिसले यसबारे थप अनुसन्धान गरिरहेको बताएका छन् ।