२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका-६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

दुर्घटनालगत्तै प्रनाउ घिमिरेको नेतृत्वमा ११ जनाको टोली घटनास्थलमा पुगेको थियो ।