७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदिरा सेवन गरी होहल्ला गर्नेबाट २ हजार जरीवाना असुल



अ+ अ-

बैतडी । बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे अवैध मदिरा बरामद गरी नष्ट गरिएको छ।लेबल नभएको ओरेन्ज नामको ५४ लिटर जति मदिरा बरामद गरी नष्ट गरिएको हो ।

स्थानीय व्यापारी मानसिंह ऐरको पसलबाट मदिरा बरामद गरी नष्ट गरिएको सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जनकसिंह धामीले जानकारी दिए।

प्रहरी, जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोलीले अवैध मदिरा नष्ट गरेको हो। यस्तै, प्रहरीले मदिरा सेवन गरी होहल्ला गर्ने स्थानीय चन्द्रसिंह ऐरबाट २ हजार जरीवाना असुल गरेको छ।