३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति

भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति
अ+ अ-

काठमाडौँ। नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढी र प्रभावित क्षेत्रको मौसमी अवस्थाका बारेमा चिनियाँ पक्षसँग भएको छलफलका क्रममा मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेतको उपस्थितिमा जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम विज्ञान निकाय (सिएमए)का अधिकारीबिच आज यहाँ भएको भर्चुअल बैठकमा मौसम गतिविधि र पूर्वानुमानका विषयमा सहकार्य गर्ने सहमति भएको विभागले जनाएको छ ।

विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले भोटेकोशी नदीमा एक्कासि आएको बाढी तथा मौसमी अवस्था र पूर्वानुमानसहित क्षतिका बारेमा छलफल भएको बताउँदै चिनियाँ पक्षले प्रभावित क्षेत्रको मौसमी विवरणका सम्बन्धमा सहकार्य गर्ने सहमति जनाएको स्पष्ट गर्नुभयो ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले नेपाल र चीन दुवैतर्फको प्रभावित क्षेत्रमा भारी वर्षा नभएको जानकारी दिनुहुँदै भन्नुभयो, “हिमताल विस्फोट, पहिरो वा अन्य कुनै कारणले नदी थुनिएर बाढी आएको हुन सक्ने सम्भावना रहे पनि त्यसको आधिकारिक पुष्ट्याइ नभइसकेकाले दुवैतर्फको संलग्नतामा यस विषयमा थप अध्ययन हुन आवश्यक छ ।”

विभागका अनुसार छलफलका क्रममा चिनियाँ पक्षबाट तिब्बततर्फको भू-भागमा ठूलो वर्षा नभएको र वर्षाका कारण बाढी आएको भन्ने पर्याप्त आधार नभएको प्रारम्भिक धारणा आएको छ । चीनतर्फको भू–भागमा मौसमजन्य कुनै जोखिम वा प्रभाव देखिएमा चिनियाँपक्षले नेपाललाई तत्काल जानकारी गराउने सहमति भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । रासस