३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने

रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
अ+ अ-

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतको लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको हो ।

उहाँले बैठक बाढीजन्य विपद्पछिको खोज, उद्धार र राहतको विषयमा सरकारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा नै केन्द्रित भएको बताउनुभयो ।

खरेलले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत र पुनर्निर्माणका कार्यमा पार्टीको ¥यापिड एक्सन टिम’ले काम गरिरहेको समेत जानकारी दिनभयो । उहाँका अनुसार पार्टी सभापति रवि लामिछानेले यस विपद्को समयमा पीडामा रहेका नागरिको उद्धार र राहतमा जुट्न सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ ।

उहाँले बैठकले पार्टीको तल्लो तहमा रहेका नेता कार्यकर्ताहरुलाई समेत स्थानीय प्रशासनसँगको समन्वय र सहकार्यमा खोज तथा उद्धारमा लाग्न निर्देशन दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले विपद्को व्यवस्थापन, विपद्पछिको उद्धार, राहत र पुनर्निमाणको लागि ५० लाख रुपैयाँ सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । विपद्को व्यवस्थापनको लागि पार्टी प्रतिबद्ध रहेको र तथा पार्टी ¥यापिड एक्सन टिमलाई समेत प्रभावित जिल्लामा पीडितको खोज तथा उद्धार, राहत र पुनर्निमौणको लागि परिचालन गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी सभापतिज्यूले बाढी प्रभावित जिल्लामा खोज, राहत र पुनस्र्थापनाको काममा सरकारलाई आवश्यक सहयोग गर्न आग्रह पनि गर्नुभएको छ ।’

उहाँले बाढीको क्षतिको विवरण संकलन भइरहेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल