१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ



Iran US Aircraft Carrier
अ+ अ-

बैङ्कक। मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन चालक दलको आराम तथा पुनःस्थापनाका लागि थाइल्यान्डतर्फ प्रस्थान गरेको थाई अधिकारीहरूले बुधबार बताएका छन् ।

लिङ्कनले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीलाई सहयोग गरेको थियो । जहाजले पछिल्लो तैनातीमा २५० दिनभन्दा बढी समय निरन्तर समुद्रमा बिताएको थियो ।

लामो तैनातीका क्रममा चालक दलको मानसिक स्वास्थ्यमा समस्या तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव देखिएको विवरण सार्वजनिक भएपछि यसको तैनातीबारे चिन्ता बढेको थियो ।

रोयल थाई नेभीका अनुसार अमेरिकी क्यारियर स्ट्राइक समूहका तीन जहाज पूर्वी थाइल्यान्डमा छोटो समय रोकिनेछन् । भ्रमणका क्रममा कुनै सैन्य अभ्यास नगरिने बताइएको छ । सुरक्षा कारण देखाउँदै थाई पक्षले जहाजको बन्दरगाह र आगमन मिति भने सार्वजनिक गरेको छैन ।

लामो समयको तैनातीले चालक दलसँगै जहाज र उपकरणमा समेत दबाब बढाउने गर्छ । अमेरिका–इरानबीचको तनाव केही मत्थर भए पनि अमेरिकी नौसेनाले हर्मुज जलघाँटीमा इरानी बन्दरगाहविरुद्ध नाकाबन्दी जारी राखेको छ ।

युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी प्रशासनले भने स्पष्ट योजना सार्वजनिक गरेको छैन । रासस/एपी