३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान

बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान
अ+ अ-

काठमाडौँ।  एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष क्याप्टेन रामेश्वर थापाले रसुवाको टिमुरे क्षेत्र तथा भोटेकोशी नदी आसपासमा गएको भीषण बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतमा निरन्तर जुट्न हेलिकोप्टर सञ्चालक, पाइलट तथा चालक दललाई आह्वान गर्नुभएको छ ।

थापाले बाढीपहिरोबाट मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । उहाँले उद्धार तथा राहतकार्यमा खटिएका पाइलट, चालक दल, व्यवस्थापन, हेलिकोप्टर अपरेटर तथा सम्बन्धित व्यक्ति एवं निकायप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

नेपालमा विपद् वा सङ्कट पर्दा हेलिकोप्टर उडान क्षेत्रले समुदायको सेवामा अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको उल्लेख गर्दै उहाँले दुर्गम भूगोल, कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिबीच पनि तत्काल उद्धार गर्नु नेपाली उड्डयन क्षेत्रको व्यावसायिक जिम्मेवारीसँगै मानवीय दायित्व भएको बताउनुभएको छ ।

हालको परिस्थितिमा सम्पूर्ण हेलिकोप्टर अपरेटर, क्याप्टेन तथा चालक दललाई उद्धारकार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिन थापाले आग्रह गर्नुभएको छ । सानो प्रयासले पनि सङ्कटमा परेका नागरिकको जीवन बचाउन सकिने उहाँको भनाइ छ ।

कठिन भूगोल र प्रतिकूल परिस्थितिमा हुने उद्धार उडानमा जोखिमको निरन्तर मूल्याङ्कन मौसम तथा स्थल अवस्थाको सही विश्लेषण, उचित समन्वय र स्थापित उडान सुरक्षा प्रक्रियाको पूर्णपालना गर्न थापाले आग्रह गर्नुभएको छ । रासस