२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुनमा दयाहाङको ‘दयारानी’



अ+ अ-

नायक दयाहाङ राई र नायिका दीया पुनको मुख्य भूमिका रहेको चलचित्र ‘दयारानी’को प्रदर्शन मिति तय भएको छ । चलचित्रलाई फागुनको ९ गतेबाट प्रदर्शन गर्ने तयारी गरिएको छ । यो मितिमा पहिले नै चलचित्र ‘आमा र लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरिसकेका छन् ।

सुरुवातमा यो चलचित्रको प्रदर्शन मिति जेठमा तोकिएको थियो । तर, पछि चलचित्रको प्रदर्शन मिति साउनको ३० गतेलाई तोकिएको थियो ।

यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । उनले, छायांकन नै नभएका चलचित्रले रिलिज मिति तोकिददा अरुलाई समस्या भएको बताएका छन् ।यो चलचित्रले खराब श्रीमान् र दयालु श्रीमतीको कथालाई पर्दामा प्रस्तुत गर्नेछ ।

फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ ।


चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ ।