१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

अख्तियार प्रमुखलाई ‘२०० वर्ष बाँच्‍नु’ भन्दै निलम्बित कर्मचारीले गरे आत्महत्या

अख्तियार प्रमुखलाई ‘२०० वर्ष बाँच्‍नु’ भन्दै निलम्बित कर्मचारीले गरे आत्महत्या
अ+ अ-

उदयपुर । उदयपुर घर भएका एक पूर्वकर्मचारीले आइतबार आत्महत्या गरेका छन् । भ्रष्टचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरि आर्चाले आत्महत्या गरेका हुन् । आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेखेको फेला परेको छ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्य मालपोत कार्यालय कलकींमा कार्यरत रहँदा भ्रष्टचार मुद्दा लागेपछि निलम्बनमा परेका थिए । मृत्युअघि उनले लेखेको दुई पाना सुसाइड नोट प्रहरीले फेला पारेको हो ।

‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ’ उनले सुसाइडनोटमा लेखेका छन्–‘प्रमुख निर्वाचन आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नू ।’

उनले सुसाइड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् उनी उनले लेखेका छन्, ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले कामगर्दा भएको गल्ती हो स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ ।

‘ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।

उनले थप लेखेका छन् ‘कान्छो छोराको व्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । भनी बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ ।

त्यसअघि उनले लेखेका छन्, वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू भनी आग्रह गरेका छन्।

उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा आचार्य फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विषयमा काठमाडौं गई फर्किएका थिए । मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनलाई आरोप छ । अदालतबाट मुद्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको उनले सुसाइड नोटमा भनेका छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।