१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

चिकित्सकविहीन बन्दै टीकापुर अस्पताल

चिकित्सकविहीन बन्दै टीकापुर अस्पताल
अ+ अ-

टीकापुर । सरकारले अघि सारेको कर्मचारी समायोजनले स्वास्थ्य संस्थाहरूको अवस्था अस्तव्यस्त बनेको छ। कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले अन्यत्र समायोजन रोजेपछि तत्काल ती स्वास्थ्य संस्थाहरू समस्यामा परेका हुन्। सरकारले कर्मचासमायोजन रोजेको ठाउँमा जान धमाधम पत्राचार गरिरहेको छ। अरू कर्मचारीजस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आफूले समायोजन रोजेको ठाउँमा जान थालेका छन्, जसको प्रत्यक्ष मारमा टीकापुर अस्पताल परेको छ।

अस्पतालका धेरैजसो चिकित्सकले अन्यत्र समायोजन रोजेका छन्। तीमध्ये कतिपय चिकित्सक समायोजन भएको ठाउँमा गइसकेका छन् भने कतिपय जाने तयारीमा छन्। कर्मचारी समायोजनका कारण टीकापुर अस्पताल केही दिनभित्रै चिकित्सकविहीन हुने देखिएको छ।

अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर अमित प्रजापति र डेन्टिस्ट पूर्णप्रसाद शर्मा समायोजन रोजेको ठाउँमा गइसकेका छन्। प्रजापतिले तीन नम्बर प्रदेश र शर्माले कर्णाली प्रदेश रोजेका छन्। मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नरेन्द्रकुमार खनाल स्वास्थ्य सेवा विभागमा पदस्थापन भएका छन्। विगत नौ वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर खनाल पदस्थापन पत्रको पर्खाइमा छन्। उनले समायोजनको पत्र प्राप्त गरिसकेका छन्। ‘पदस्थापन पत्र बुझ्नेबित्तिकै हिँड्नुपर्छ,’ उनले भने, ‘सरकारी निर्णय मान्दिनँ भन्न मिलेन। ’

सो अस्पतालमा कार्यरत अर्थोपेडिक डाक्टर लक्ष्मण सिग्देलको करार अवधि समाप्त भइसकेको छ। उनको करार साउन १ गतेदेखि थपिनुपर्ने हो तर करार थप्ने बारेमा अझैसम्म कुनै निर्णय हुन सकेको छैन। संघ र प्रदेश सरकारको अधिकार स्पष्ट नभएका कारण डाक्टर सिग्देलको करार थप्ने वा नथप्ने बारेमा अन्योल भएको बताइएको छ। समयमा करार अवधि थप हुन नसके डाक्टर सिग्देलसमेत अन्यत्र जाने सम्भावना छ।

त्यस्तै अर्का मेडिकल अफिसर डाक्टर नवराज शर्माको करार अवधि भदौमा सकिँदै छ। अस्पतालमा दुई वर्षका लागि सरुवा भएर आएका फिजिसियन डाक्टर सञ्जय भुसाल र टीकापुर नगरपालिकाबाट नियुक्त बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुरमात्रै रहने निश्चित छ। डाक्टर भुसाल आएको ६ महिना बितिसकेको छ। स्रोतका अनुसार उनी पनि कुुनै बेला सरुवा भएर जान सक्छन्।

चिकित्सकमात्रै हैन अन्य स्वास्थ्यकर्मीले समेत धमाधम टीकापुर अस्पताल छोड्दै छन्। अनमी तारा खरेलको भजनी र गेहराज खनालको अर्घाखाँची पदस्थापन भएको छ। उनीहरू दुवैजना पदस्थापन पत्रको पर्खाइमा छन्। खरेल र खनालको अनुपस्थितिसँगै अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माउने सेवा बन्द हुनेछ।

त्यस्तै ल्याबतर्फका विश्वास न्यौपाने र प्रमोदकुमार यादवसमेत अन्यत्र जाने तयारीमा छन्। उनीहरू दुवैजनाको अनुपस्थितिमा अस्पतालको ल्याब सेवा प्रभावित हुनेछ। अस्पतालले हालैमात्र सिकलसेल एनिमियाको जाँच समेत सुरु गरेको छ, जसका लागि अत्याधुनिक मेसिन जडान भएको छ। तर दक्ष जनशक्तिको अभावमा सिकलसेल एनिमिया जाँच सेवा पनि प्रभावित हुने देखिएको छ। अस्पताल व्यवस्थापकका रूपमा कार्यरत टेकराज भट्टसमेत अध्ययन गर्ने भन्दै हिँडेका छन्। उनको ठाउँमा अर्को व्यक्ति आएको छैनन्।

‘अस्पतालमा बाढी आए जस्तै भएको छ,’ मेसु डाक्टर खनालले भने, ‘समायोजनपछिको अवस्था राम्रै होला तर सुरुवात निकै चुनौतीपूर्ण देखिएको छ। समायोजन प्रक्रिया पूरा नहुञ्जेलका लागि टीकापुर अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुने देखिएको छ। ’

केही दिनभित्रै अस्पतालमा औषधि–उपचार सेवामात्र नभई पोस्टमार्टम गर्नसमेत समस्या हुने देखिएको छ। टीकापुरबासीले पोस्टमार्टमका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लानुपर्ने बाध्यता सिर्जना हुन लागेको छ।

सुधारोन्मुख अवस्थामा रहेको टीकापुर अस्पताल कर्मचारी समायोजनका कारण तहसनहस हुन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। ‘पहिलेको भन्दा धेरै राम्रो सेवासुविधा पाइरहेका थियौं,’ स्थानीय दीपेन्द्र साउदले भने, ‘अब फेरि पुरानै हालतमा फर्किने कुराले चिन्तित बनाएको छ। ’

सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य संस्थामा चिकित्सक पु(याउन निकै समस्या भएको छ। प्रदेश सरकार मातहत रहेका स्वास्थ्य संस्थामा मात्रै तत्काल एक सय २० जना डाक्टरको आवश्यकता छ। तर तीनजना डाक्टरले मात्रै प्रदेश समायोजन रोजेका छन्। यो अवस्थामा सबै स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउन निकै धेरै चुनौती खडा भएको छ। ‘यस्तै अवस्थामा सबै स्वास्थ्य संस्थामा डाक्टर पु¥याउन असम्भव छ,’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भने, ‘सरकारले कुनै न कुनै विकल्प खोज्नैपर्छ। ’

टीकापुर अस्पतालमा मात्रै १५ जना डाक्टरको दरबन्दी छ। जसमध्ये एकजना मेडिकल सुपरिटेन्डेन्ट, नौजना विशेषज्ञ, एक जना डेन्टिस्ट र चारजना मेडिकल अफिसर छन्। हाल ५१ शड्ढयाको यो अस्पताल स्थानीयस्तरबाट सुरु भएको हो। २०३४ सालमा हेल्थ–पोस्टका रूपमा स्थापना भएको यो अस्पतालमातहत तत्कालीन टीकापुर विकास समितिले निःशुल्क प्रदान गरेको १३ बिघा जग्गा छ। २०५० सालमा टीकापुर हेल्थ–पोस्ट प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति गरिएको थियो। सरकारी स्तरबाट तीन शड्ढया स्वीकृति पाएको टीकापुर अस्पतालमा तत्कालीन टीकापुर विकास समितिले आफ्नै पहलमा १२ शड्ढया थप गरेको थियो।

प्राथमिक स्वास्थ्य केन्द्र टीकापुरलाई सरकारले २०६० सालमा १५ शड्ढयाको अस्पतालका रूपमा घोषणा गरेको थियो। २०६१ साल असारमा अस्पताल विकास समिति गठन गरिएको थियो। अस्पताल विकास समितिका तर्फबाट १० शड्ढया थप गरी अस्पताल सञ्चालनमा ल्याइएको थियो। २०७२ सालमा सरकारले ५१ शड्ढयाको अस्पतालका रूपमा दरबन्दी स्वीकार गरेपछि जिल्ला अस्पतालसरह मान्यता पाएको थियो।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।