१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

कांग्रेसको अन्तरिम संरचना कार्यविधि पारित

कांग्रेसको अन्तरिम संरचना कार्यविधि पारित
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक मसान्ताभित्र सहमतिमा पार्टीको अन्तरिम संरचना गठन गर्नेगरी कार्यविधि र निर्देशिका पारित गरेको छ। पार्टी शीर्ष नेताको निरन्तरको छलफलपछि आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्तरिम संरचना गठन विधि र प्रक्रिया टुंगो लगाएको हो।

सहमतिबाटै तल्लो तहका अन्तरिम संरचना गठन गर्ने निर्णय गरे पनि गुटगत स्वार्थका कारण संरचना निर्माण विधि र प्रक्रिया कांग्रेसले टुंगो लगाउन सकेको थिएन। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले भदौ २० भित्र प्रतिनिधिसभाअन्तर्गतका १ सय ६५ र प्रदेशसभाअन्तर्गतका ३ सय ३० क्षेत्रको नेतृत्व टुंगो लगाउने निर्णय गरेको छ। कात्तिक मसान्ताभित्र स्थानीय तहको नेतृत्व टुंगो लगाइसक्ने निर्णय गरेको कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि खटाउने भएको छ।

केन्द्रीय निर्वाचन समितिमा प्रतिनिधिको रोहबरमा तल्लो तहको संरचना निर्माण गर्ने निर्णय गरेको कांग्रेसले प्रदेश कार्य समिति गठनमा भने अझै सहमति जुटाउन सकेको छैन। आगामी केन्द्रीय समितिको बैठकबाट प्रदेश समिति छनोट विधि टुंगो लगाउने तयारी गरेको उसले संघीय र प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व छनोट वरिष्ठताका आधारमा गर्नेगरी कार्यविधि पारित गरेको छ। पुरानो २ सय ४० निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिले हाल कायम भएको १ सय ६५ क्षेत्रमा वरिष्ठताका आधारमा क्षेत्रको नेतृत्व गर्ने केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए। ‘एउटा क्षेत्रीय सभापति दोस्रोपटक सभापति बनेको छ भने अन्तरिम संरचनाको नेतृत्व उसलै गर्नेछ,’ पाण्डेले भने, ‘अर्को क्षेत्रीय सभापतिले चाहेमा सहसभापतिका रूपमा बसेर काम गर्न सक्नेछ। ’

त्यसरी क्षेत्रीय कार्यसमितिको नेतृत्व टुंगो लगाउन नसके १३ औं महाधिवेशनमा चयन भएको क्षेत्रीय प्रतिनिधिलाई आधार मानेर नेतृत्व टुंगो लगाइनेछ। समायोजन भएको पुरानो निर्वाचन क्षेत्रमध्ये जुन क्षेत्रको प्रतिनिधि धेरै परेका छन् त्यसै क्षेत्रका क्षेत्रीय सभापतिले नेतृत्व गर्नेछन्। त्यसबाट पनि नेतृतव टुंगो लाग्न नसके जुन समायोजन भएको क्षेत्रमा पुरानो क्षेत्रमध्ये जुनको क्रियाशील सदस्यता धेरै छ त्यसै क्षेत्रका क्षेत्रीय सभापतिले अन्तरिम संरचनाको नेतृत्व गर्ने कार्यविधिमा उल्लेख छ।

त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्वको पहिलो दाबेदार पुरानो २ सय४० निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति हुनेछन्। १ सय ६५ निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा नपरेका उनीहरूले प्रदेशसभा क्षेत्रको नेतृत्व दाबी गरे पाउनेछन्। उनीहरूले इच्छा नराखे मात्र क्षेत्रीय कार्यसमितिका पदाधिकारीको वरिष्ठताको आधारमा नेतृत्व पाउने छन्। ‘पुरानो क्षेत्रका क्षेत्रीय उपसभापति, सचिवमध्ये जो वरिष्ठ छ उसले नै प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्व पाउनेछ,’ केन्द्रीय सदस्य पाण्डेले नेतृत्व चयनको कार्यविधि उद्धृत गर्दै भने, ‘यदि सबै पदाधिकारी एउटै क्षेत्रमा परेका रहेछन् भने क्षेत्रीय कार्यसमितिको वरिष्ठ सदस्य प्रदेशसभा निर्वाचन क्षेत्रको सभापति हुने व्यवस्था छ। ’

त्यस्तै, स्थानीय तह (पालिका र वडा) को नेतृत्व चयन विधि भने फरक बनाइएको छ। पालिका र वडामा हाल कायम रहेका केन्द्रका सभापतिले नै अन्तरिम संरचनाको नेतृत्व पाउनेछन्। सबै तहका कार्यसमिति समायोजन गर्ने निर्णय गरेको कांग्रेसले ५० भन्दा बढी कार्यसमिति भए कार्य सम्पादन समिति गठन गर्ने अधिकार पनि तल्लो तहलाई दिएको छ। तर, उक्त कार्यसम्पादन समिति कार्यसमितिको बैठकबाट गठन गर्नुपर्नेछ।

समिति गठनका लागि हुने छलफलमा सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, सांसद, पूर्वसांसदका साथै १३औं अधिवेशनको निकटतम प्रतिद्वन्द्वी सभापतिलाई पनि सहभागी गराउने निर्णय भएको छ।

विधानको धारा ७२(४) अनुसार पार्टीका स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएको जनाउँदै कांग्रेस केन्द्रीय समितिले धारा ५०(५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका सर्वसम्मतिले पारित गरी लागु गर्ने निर्णय गरेको हो। पार्टीको आगामी महासमिति÷महाधिवेशनबाट त्यसलाई अनुमोदन गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, खोटाङ दिक्तेल रुपाकोटा मझुवागढी–१ को खुला वडा सदस्य बैजनाथ रिजालले पार्टी परित्याग गरेको जनाउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ३१ तथा अन्य प्रचलित नेपाल कानुनअनुसार वडा सदस्य रिक्त भएको जानकारी निर्वाचन आयोगलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ।

इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व इद–उल–जोहाप्रति कांग्रेसले शुभकामना दिएको छ। बैठकमा केन्द्रीय सदस्य महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले धारणा राखेका थिए। बैठक २९ गते दिउँसो १ बजे पुनः बस्नेछ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।