१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

सामुदायिक वनलाई करको भारी

सामुदायिक वनलाई करको भारी
अ+ अ-

काठमाडौं । सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार बिक्रीबाट हुने कूल आम्दानीको ८९ प्रतिशत कर तिर्नुपर्ने देखिएको छ। सामुदायिक वन समूहले केन्द्र, प्रदेश र स्थानीय सरकारलाई छुट्टाछुट्टै रुपमा उक्त कर बुझाउनु पर्ने भएको छ। वन समूहमा लगाउँदै आएको कर बढी भएको वन तथा वातावरण मन्त्रालयसमेत स्वीकार गरेको छ।

सामुदायिक वन उपभोक्ता समूहले साल र खयरको काठ बिक्री ९समूह बाहिर० गरेवापत १५ प्रतिशत कर सञ्चित कोषमा तिर्दै आएको छन्। यस्तै स्थानीय सरकार सञ्चालन ऐनअनुसार आम्दानीको १० प्रतिशत कर स्थानीय सरकारलाई बुझाउनुपर्छ। आयकार ऐनअनुसार समूहले बचतबाट २५ प्रतिशत आयकर तिर्नुपर्छ। त्यस्तै मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्छ। प्रदेश ३ ले २५ प्रतिशत कर र २ प्रतिशत सेवाशुल्क लिने गरी कानुन बनाउँदै छ। यस हिसाबले सामुदायिक वनले ८९ प्रतिशतसम्म कर तिर्नुपर्ने देखिन्छ।

वन समूहको लागि लगाइएको कर व्यवसायीक कम्पनीभन्दा बढी रहेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भारती पाठकले बताइन्। ‘हामी १५ प्रतिशत कर तिर्न तयार छौं’ पाठकले भनिन्, ‘संघीयताको भावना र सामुदायिक वन अभियानको मर्मविपरीत प्रस्तावित कर फिर्ता गर्न जोडदार माग गर्दछौं। ’ महासंघले कर फिर्ताको माग राख्दै देशभर आन्दोलन गर्दै आएको छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालका सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष भन्दै पाठकले सामुदायिक वनमाथि करको भार थोपर्न नहुने बताइन्।

सामुदायिक वनलाई आर्थिक समृद्धिको माध्यम बनाउन र दिगो वन व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौतीसमेत उनको भनाइ छ। ‘वन संरक्षणमा सामुदायिक वनको ठूलो योगदान छ। नांगा डाँडालाई उपभोक्ताले हरियाली बनाए’ पाठकले भनिन्, ‘तर अहिले सामुदायिक वन समूह चौतर्फी करको मारमा छन्। ’ वन तथा वातावरण मन्त्रालयले सामुदायिक वन समूहको हकमा बढीमा १५ प्रतिशत कर लिनु उचित हुने सुझाव अर्थ मन्त्रालयमा दिएको वन प्रवक्ता डा। सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए।

वन समूहले गरेको आम्दानीबाट स्वयं जनतामै खर्च गरिने भएकाले कर आवश्यक नरहेको उनको भनाइ छ। ‘समूदायको पहलमा हुर्काइएको वनबाट विश्वले फाइला लिइरहेको छ’ प्रवक्ता ढुंगानाले भने, ‘तीनै तहको सरकारले कर लिने कुरा उचित होइन। ’ सामुदायिक वन कुनै व्यापारीक प्रयोजनको लागि नभइ समुदायलाई सेवा दिने भएको महासंघका सदस्य महम्मद कर खाँ बताउँछन्।

वन विकास गुरुयोजना, २०४७ तथा वन ऐन, २०४९ ले गरेको व्यवस्थाअनुसार स्थानीय वन उपभोक्ता समूहले सामुदायिक वनको माध्यमबाट हैसियत गुमेका र खाली जमिनलाई हराभरा बनाउन योगदान पु¥याउँदै आएका छ। सामुदायिक वन समूहले कूल आम्दानीबाट २५ प्रतिशत वन विकासमा, ३५ प्रतिशत गरिब तथा विपन्नको जीविकोपार्जनमा र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्दै आएको छन्।

नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह रहेको छन्। ती सहूहरुले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन्। कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वनक्षेत्र छ। सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।