१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

द्वन्द्वका बेपत्ता १८ वर्षपछि घर

द्वन्द्वका बेपत्ता १८ वर्षपछि घर
अ+ अ-

रुकुम पश्चिम । १२ वर्षमा खोलो फर्कन्छ भन्छन् । सानीभेरी ११ ठारीखोर्याकी मनकुमारी विकलाई भने महासागरै फर्किएको अनुभूति भएको छ । १८ वर्षपछि छोरा फर्किएर आएका छन् । मरिसकेको ठानेको सन्तानलाई फेरि देख्न पाउँदा उनको हर्षको सीमा छैन । ‘मेरो छोरो दुईचोटि जन्मियो, ३४ वर्षअघि र १८ वर्षपछि,’ ८२ वर्षीया उनले भनिन् ।

द्वन्द्वकालमा माओवादीमा लागेका छोरा उमेश खारा ब्यारेक आक्रमणदेखि बेपत्ता थिए । फर्किएको व्यक्ति आफ्नै छोरा हो भन्ने खुट्ट्याउन मनकुमारीलाई एक दिन लाग्यो । गाउँलेले भन्दा समेत पत्याइनन् । उमेशले खुट्टामा गोलीको खत देखाएपछि भने उनलाई विश्वास भयो ।

‘लडाइँमा मर्‍यो होला भन्ठानेर घरपरिवार, इष्टमित्र, आफन्त तथा गाउँलेले मेरो माया मारिसकेका रहेछन्,’ उमेशले भने, ‘म आउँदा घरगाउँमा अर्कै तरंग उत्पन्न भयो ।’ १३ वर्षको उमेरमा माओवादीमा लागेका उनी खारा आक्रमण गर्दा १६ वर्षका थिए । त्यसअघि रोल्पाको लिस्ने गाम तथा अन्य स–साना लडाइँमा सहभागी भइसकेका थिए ।

खारा आक्रमण २०५९ चैतमा भएको थियो । ब्यारेक कब्जा गर्न उनी थ्री नट थ्री राइफल बोकेर नाका ब्लकमा खटाइएका थिए । लडाइँ भइरहेको क्षेत्रमा बाहिरबाट आउने र भित्रबाट बाहिर भाग्ने ‘दुस्मन’ लाई रोक्नु उनको जिम्मेवारी थियो । तर भइदियो उल्टो । उनैलाई बमको छर्राले भेट्यो । विस्फोटको आवाजले कान बन्द भए । लडाइँकै क्रममा होस हरायो । त्यही अवस्थामा हिँडेका उनी जंगल छिचोल्दै दिल्ली पुगेछन् । त्यहीँ होटलमा भाँडा माझेर गुजारा चलाउन थाले ।

‘लडाइँकै बेला खुट्टा र शरीरका अन्य भागसँगै कानसमेत नसुन्ने गरी घाइते भएँ, चेत, अचेत गर्दै भारत पुगेछु,’ उमेशले भने । त्यहाँ काम गर्दै झन्डै सात लाख खर्चेर उपचार गराएको उनको भनाइ छ । सीप सिकिसकेपछि राम्रो होटलमा काम पाए । अब घरपरिवारको यादले सताउन थाल्यो । काठमाडौं आए पनि । तर रुकुम पत्ता लाउन नसकेपछि फेरि भारततिरै फर्केको उनको भनाइ छ । उमेश अहिले राजस्थानको जयपुरमा नोकरी गर्छन् । उतै बिहे गरे । ११ र ७ वर्षका दुई छोरा छन् ।

पछिल्लो पटक पनि उनी दिल्लीबाट जहाजमा काठमाडौं उत्रिए । त्यसपछि नेपालगन्ज हुँदै मुस्किलले घर पुगेको उनले जनाए । गाउँलेले बनाइदिएको छाप्रामा वृद्ध आमा, भाउजू र दाइका २ छोरा मात्रै थिए । ‘घर घरजस्तो रहेनछ, हेर्ने मान्छे नभएपछि घर कहाँ घरजस्तो हुने रहेछ र ?’ उमेशले भने, ‘गाउँलेको सहयोगले आमा, भाउजू र २ भतिजाको सास अल्झेको रहेछ ।’

मनकुमारीका ५ सन्तान हुन् । दुई छोरा, तीन छोरी । उमेश कान्छा हुन् । धनबहादुरको उमेश हराएको केही वर्षमै भारत, गौरीकुण्डमा बाढीले बगाएर मृत्यु भयो । कान्छी छोरीे पनि हैजाले बितिन् । शोकमा डुबेकी मनकुमारीले २०४५ सालमै पति पनि गुमाइसकेकी थिइन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।