![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/08/arrested-symbolic-pic_20180718061706.jpg)
सल्यान । सल्यानमा चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालुवाका ७० वर्षीय चन्द्रबहादुर रोका र स्थानीय टेकबहादुर कुमाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सल्यानबाट गस्तीमा खटिएको संयुक्त टोलीले कालीमाटी गाउँपालिका–५ बालुवाको मनिकापुरमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा सल्यानका प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
दुवै जनाले घरमा लुकाई राखेको अवस्थामा बरामद गरेको हो । पक्राउमा परेकालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।