१० भाद्र २०८३, बुधबार
,
Latest
तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानमा चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ



अ+ अ-

सल्यान । सल्यानमा चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालुवाका ७० वर्षीय चन्द्रबहादुर रोका र स्थानीय टेकबहादुर कुमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सल्यानबाट गस्तीमा खटिएको संयुक्त टोलीले कालीमाटी गाउँपालिका–५ बालुवाको मनिकापुरमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा सल्यानका प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

दुवै जनाले घरमा लुकाई राखेको अवस्थामा बरामद गरेको हो । पक्राउमा परेकालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।




भर्खरै