१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

हेर्नुहोस् लामो समयदेखि काठमाडौंमा आतंक मच्चाउने यीनै हुन्

हेर्नुहोस् लामो समयदेखि काठमाडौंमा आतंक मच्चाउने यीनै हुन्
अ+ अ-

काठमाडौँ । केही महिना यता जिल्ला प्रहरी कार्यालय कास्की र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीहरु हैरान थिए । दुवै जिल्लामा उस्तै प्रकृतीको घटनाको श्रृंखला चलिरहेको थियो । मोटरसाइकलमा आउने र सडक वा पेटीमा हिँडिरहेका महिलाको घाँटीबाट सुनको सिक्री थुतेर बेपत्ता हुने ।

प्रहरी कार्यलयमा चेन थुतिएको दर्जन बढी घटनाका उजुरीहरु आइसक्दा पनि प्रहरीले न घटनामा संग्लनको पहिचान गर्न सकेको थियो न शंकाको सुई नै ठिक दिशातिर सोझिएको थियो।

करिब डेढ महिना अघि मात्रै स्वयम्भु र कलंकीबाट महिलाको घाँटीबाटै सुन सिक्री थुतेर लुटिएको सूचना प्रहरी परिसर काठमाडौंमा आयो। प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज झिकायो, पीडितहरुको बयान पनि लियो। तर प्रहरीले घटनामा संग्लन व्यक्तीको पहिचान भने गर्न सकेन।

प्रहरीले फेला पारेको सिसिटिभी फुटेजमा एकजना निलो ज्याकेट लगाएको व्यक्तिले मोटरसाइकल चलाइएको देखिन्थ्यो भने पछाडि बस्ने व्यक्तिको हुलिया चिनिँदैनथ्यो। प्रहरीले मोटरसाइकल नम्बरका आधारमा केही सुराकी पाउन सकिन्छ कि भनेर पनि प्रयास नगरेको होइन। तर त्यसबाट पनि उल्लेख्य सफलता हासिल हुन् सकेन।

प्रहरीले अनुसन्धानको सुई एउटै दिशामा केन्द्रित गर्न मुश्किल भइरहेका बेला सुनको सिक्री थुतेर भाग्ने घटना भने निरन्तर चलिरहेको थियो। गत बैशाख यता मात्रै पोखरामा सुनको सिक्री लुटेर भाग्ने २१ वटा घटना प्रहरीमा आइपुगेका थिए। यस्तै घटना काठमाडौंमा भने दशवटा भएको थियो। अनुसन्धान अधिकारीहरु एउटा तथ्यमा भने विश्वस्त थिए कि घटनामा एउटै समुह संग्लन छ।

घटना विवरण केलाउँदा थाह हुन्थ्यो, सबै जसो घटनाको प्रकृति एउटै छ।

लामो अनुसन्धानपछि शनिबार मात्रै प्रहरी परिसर काठमाडौंले सुनको सिक्री लुट्ने गिरोहका दुईलाई काठमाडौंबाट र एकलाई पोखराबाट पक्राउ गर‍्‍यो। पक्राउ पछि थाह भयो, टमबहादुर सुनवार र टलकबहादुर रायमाझी काठमाडौंमा बसेर र पोखरामा बसेर प्रकाश सुनवार सुनको सिक्री थुतेर भाग्ने योजना बनाउँथे।

प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार पोखरा बस्ने प्रकाश हप्ता दिनसम्म शहरमा रेकी गर्न हिँडथे। कसले सुनको सिक्री लगाएर हिँड्छ, को कुन बाटो हुँदै हिँड्छ भन्नेजस्ता सूचना संकलन गर्थे। चार–पाँच जनाको सूचना संकलन गरेपछि प्रकाशले काठमाडौं बस्ने टमलाई बोलाउँथे। टमले मोटरसाइकल चलाउँथे, प्रकाश पछाडि बस्थे। अनि एकान्त स्थानमा हिँडिरहेका महिलाको घाटीमा हात पुर्‍याउँथे। स्वाट्ट चेन थुत्थे र बेपत्ता हुन्थे।

अनौठो त के छ भने प्रहरीलाई छक्याउन यो समूहले प्रत्येक पल्ट मोटरसाइकलमा नक्कली नम्बर प्लेट राखेको देखिन्छ। सकेसम्म अँध्यारो, एकान्त र सिसिटिभी को कभरेज क्षेत्रभन्दा बाहिर मात्रै सुनको सिक्री थुत्ने गरेकाले उनीहरुले लामो समयसम्म प्रहरीलाई झुक्याउन सफल भइरहेका थिए।

प्रहरीलाई लामो समयदेखि झुक्याउन सफल लुटेराहरुको लुट्ने तरिका बारे विस्तृत अध्ययन गरी काठमाडौंको दशवटा सम्भावित स्थानमा सादा पोसाकमा प्रहरी खटाएको थियो। अन्ततस् त्यसैको फन्दामा उनीहरु परे। प्रहरीले शंकाकै आधारमा धापासीबाट टमबहादुरलाई पक्राउ गरेको हो। उनीसँग सोधपुछ गर्दा अन्यको पनि विवरण खुलेको हो। टमले दिएको जानकारीकै आधारमा टलक भैंसिपाटीमा पक्राउ परे भने दुईजना प्रहरीको फन्दामा परेको सूचना पाएर भागेका प्रकाशलाई पक्राउ गर्न केही मेहेनत पर्‍यो। उनी भागेर बाग्लुङ पुगेका थिए। पोखराको प्रहरीले उनलाई बाग्लुङबाटै पक्राउ गरेको हो।

यसरी संकलन गरेको सुन काठमाडौं लगेपछि बेच्ने जिम्मा भने टलकले लिएका थिए। काठमाडौंका सुन पसले, सुन पसलका कालीगढ र सस्तोमा सुन किन्न चाहनेहरुसँग सर्म्पक बनाएका टलकले सुन बेचेर प्राप्त पैसा भागशान्तीले बाँढ्थे।

प्रहरीका अनुसार यो टोलीले पोखरामा जस्तै काठमाडौंमा पनि रेकी गर्थ्यो, पोखराबाट प्रकाश काठमाडौं आउँथे, काम सम्पन्न गर्थ्यो र आफ्नो भाग लिएर पोखरा नै फर्किन्थ्यो। डिएसपी बोगटीका अनुसार केही वर्षयता यो समुहले पोखरा र काठमाडौंमा यसैगरी सुनको सिक्री थुत्ने धन्दा चलाइरहेको थियो।

प्रहरीले अवैध सुन किन्ने काममा संग्लन भारतको पश्चिम बंगाल घर भई बालकुमारीमा सुन पसल गर्ने देवासिस दोलहीलाई पनि पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले २ लाख ५० हजार रुपैयाँ, सुन लुटन प्रयोग भएको बा २९ ख ७२७६ नम्बरको मोटरसाइकल र सुन तौलिने मेसिन पनि बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका तीनैजनाको वर्षौं लामो आपराधिक पृष्ठभूमि देखिन्छ। टम र टलक सुनको सिक्री थुत्ने यस्तै अपराधको अभियोगम तीन वर्ष कैद सजाय भुक्तान गरेर दुई वर्ष अघि मात्रै थुनामुक्त भएका थिए। थुनामुक्त भएलगत्तै उनीहरुले पुरानै शैली अपनाएर अपराधको संसारमा प्रवेश गरेको देखिन्छ।

डिएसपी बोगटीले भने, ‘प्रहरीमा आएको संख्या भन्दा धेरै पीडितहरु हुन सक्ने देखिन्छ। किनकी उनीहरुले श्रृंखलावद्ध रुपमा सिक्री थुत्ने गरेको देखिन्छ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।