१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

गणित र अंग्रेजीमा विद्यार्थी कमजोर

गणित र अंग्रेजीमा विद्यार्थी कमजोर
अ+ अ-

काठमाडौँ । विद्यालय तहको परीक्षामा सबभन्दा बढी विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा कमजोर देखिएका छन् । कक्षा १० (एसईई) र कक्षा १२ को नतिजामा ती विषयमा धेरै विद्यार्थीले कम ग्रेड प्राप्त गरेका छन् । एसईई परीक्षामा गणितमा सीभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या उच्च रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

भदौ १ देखि सञ्चालन हुने कक्षा १० को ग्रेड वृद्धि/पूरक परीक्षामा गणित, विज्ञान र अंग्रेजी विषयका परीक्षार्थी धेरै रहेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जनाए । ‘त्यसमा पनि गणित विषयमा कम ग्रेड ल्याएर पूरक परीक्षा दिने विद्यार्थीको संख्या बढी छ’ उनले भने । विगतमा पनि यी विषयमा नतिजा कमजोर थियो ।

कक्षा १२ को नतिजाअनुसार सबभन्दा बढी विद्यार्थीले अंग्रेजी विषयमा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका छन् । ‘सी वा डी प्लस’ भन्दा कम ग्रेड प्राप्त गरी पूरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख ६० हजार छ । ४ लाख ७५ हजार परीक्षार्थीले एसईई परीक्षा दिएकामा झन्डै ५० प्रतिशत विद्यार्थी नतिजा प्रकाशनको एक महिनापछि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन लागेका हुन् । कक्षा १२ मा २ लाख ९२ हजार परीक्षार्थीले परीक्षा दिएका थिए । ग्रेड वृद्धि परीक्षा दिन पाउने विद्यार्थी ५० प्रतिशतभन्दा बढी छन् । कक्षा १२ को पूरक परीक्षा भदौ २२ र २३ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव भएका कारण नतिजामा असर परेको सरकारबाट गठित शिक्षक दरबन्दी मिलान कार्यदलका संयोजक महाश्रम शर्माले बताए । ‘९ कक्षाभन्दा माथि विषयगत शिक्षक अभाव छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षक अपुग हुँदा रिजल्टमा प्रत्यक्ष असर पर्ने गरेको छ ।’

सामुदायिक विद्यालयमध्ये अंग्रेजी, गणित र विज्ञान विषयमा पूरै दरबन्दी भएका विद्यालय ७० वटामात्र छन् । ‘सरकारले विगतमा विषयगत शिक्षक नियुक्ति गरेन, तल्लो तहका शिक्षकले माथिल्लो कक्षामा पढाइरहेका छन्,’ शर्माले भने, ‘जसोतसो पढाइ चलिरहेको छ, त्यसरी नतिजा सुधार हुन सक्दैन ।’ विद्यालयहरूमा शिक्षक विद्यार्थीको अनुपात पनि असमान छ । कार्यदलले तराई, पहाड र हिमालमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न औंल्याएको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।