१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

बिएलाई चारवर्षे बनाउने त्रिविको निर्णय

बिएलाई चारवर्षे  बनाउने त्रिविको निर्णय
अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायको सबै विषयको पाठ्यक्रम यसै वर्षदेखि चारवर्षे बनाउने निर्णय गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले आइतबार बसेको फ्याकल्टी बोर्ड बैठकले बिए चारवर्षे बनाउने निर्णय गरेको बताए ।

कार्यक्रम कार्यान्वयनका लागि बाटो खुले पनि बोर्डको निर्णयलाई प्राज्ञिक परिषद्ले अनुमोदन गर्नुपर्नेछ । स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको छ । यस वर्षदेखि कार्यान्वयन हुने अधिकांश विषय समितिले पहिलो वर्षको पाठ्यक्रम डिन कार्यालयमा पठाइसकेका छन् । विद्यार्थी संख्या अत्यन्तै न्यून भएका केही विषयको पाठ्यक्रम आउन बाँकी रहेको डिन भुसालले बताए । ती विषयको समेत फ्रेमवर्क आइसकेको र विस्तृत छिटै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि कक्षा १२ को सबै विषयको नतिजा सार्वजनिक गरिसकेको छ । अहिलेसम्म चारवर्षे बिएको कोर्स तयार गरी आधिकारिक निर्णय नहुँदा र विद्यार्थी भर्नाका लागि परामर्श लिन आउन थालेपछि कलेजका पदाधिकारी अन्योलमा थिए ।

भुसालले मानविकीको स्नातक तहको कोर्सलाई समयसापेक्ष र व्यावहारिक बनाउने प्रयास भएको बताए । मानविकीका विषयमा समानतासमेत ल्याउने प्रयास भएको बताए । अहिले प्रयोगात्मक हुने सबै विषयमा ३० नम्बरको प्रयोगात्मक र ७० नम्बरको सैद्धान्तिकको भार राखेको उनले बताए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।