१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

स्याउ कुहिने डरले काँचै बिक्री

स्याउ कुहिने डरले काँचै बिक्री
अ+ अ-

मुगु । छायानाथ रारा नगरपालिका–५ मइतुकी नानी कार्की काँचो स्याउ बेच्न थालेकी छन् । गमगढीमा प्रतिदाना ५ रुपैयाँमा स्याउ बेच्न थालेकी हुन् । छायानाथ–४ की कमला रावलले पनि दैनिक एक डोको काँचो स्याउ ल्याएर गमगढी झर्छिन् ।

यी दुई मात्र होइनन्, ग्रामीण क्षेत्रका अधिकांश किसान काँचो स्याउ गमगढी बजार ल्याएर बेच्न थालिसकेका छन् । कार्कीको बारीमा सयभन्दा बढी स्याउका बोट छन् ।

सबै रूखमा लटरम्म फल लागेको छ । पछि बजारको समस्या हुने भन्दै स्याउ बेच्न सुरु गरिएको कार्कीले बताइन् । ‘एक डोकामा ८ सय बढी स्याउ अट्छ,’ उनले भनिन्, ‘पछि कुहिएर स्याउ झर्ने र मूल्य नपाउने समस्या हुन्छ त्यसैले बिक्री गर्न सुरु गरेका हौं ।’ उनले अहिले स्याउ बेचेर दैनिक ४ हजार रुपैयाँ कमाइ गर्ने गरेको जानकारी दिइन् ।

साउन दोस्रो सातादेखि गमगढी बजार क्षेत्रमा जताततै काँचा स्याउ देखिन थालेको छ । नगरपालिकाको ताल्चा, मइतु, कालापाल्त, कार्कीबाडा, गिमखोला, तलितुम, झापागार्डलगायत बस्तीका किसानले गमगढी बजारमा स्याउ बेच्न थालेका हुन् । असोज–कात्तिकमा स्याउ पाक्ने भए पनि स्थानीयले आर्थिक अभाव टार्न हतारमा काँचो स्याउ टिपेर बेच्ने गरेको बताए । काँचो स्याउ बिक्री गर्दा स्थानीय आफैं घाटामा पर्ने गरेका छन् । पाकेको स्याउको मूल्य गमगढीमा प्रतिकिलो ३५ रुपैयाँ छ ।

छायानाथरारा नगरपालिकाको बाम, फोइपाटा, दर्ख्यालबाडा, रोवा घट्टलेख, तल्लेख, सोभा, ताल्चा, मुर्मा, झ्यारी, कोटिला, कार्कीबाडालगायत बस्तीका स्थानीय स्याउबाट आत्मनिर्भर हुँदै गएका छन् । यस वर्ष स्याउको उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने छायानाथरारा–१४ बाममा भने यस वर्ष स्याउ कम फलेको वडाध्यक्ष नन्दलाल बडुवालले जनाए । ‘किसानलाई अहिल्यै स्याउ नबेच्न आग्रह गरिएको हो,’ उनले भने, ‘अहिले स्याउ बिक्री गर्दा किसान र ग्राहक दुवैलाई घाटा छ ।’ उनले पाकेको स्याउले राम्रो मूल्य पाउने अपेक्षा भए पनि किसानले हतारिएर बेच्न सुरु गरेको जनाए ।

खत्याड गाउँपालिकाको खमाले, कोटडाँडा र सोरु गाउँपालिकाको सोरुकोट, पोखरीलगायत बस्तीका किसानले पनि काँचो स्याउ टिपेर बिक्री गर्न थालेका छन् । पोखरीमा ३ ठूला स्याउ बगैंचा छन् । त्यहाँबाट करिब ८ टनभन्दा बढी स्याउ फल्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । राम्रोसँग स्याउ पाक्न नपाउँदै किसानले टिपेर घरमा ल्याई भण्डारण गर्न थालेपछि कुहिएर खेर जाने गरेको कृषि प्राविधिकको भनाइ छ ।

चोरी हुने डरले पनि किसानले काँचो स्याउ टिपेर थन्क्याउने गरेको सोरुकोट गाउँका पदम शाहीले बताए । उनका अनुसार बजारको अभावले जिल्लाको स्याउले राम्रो भाउ पाउन सकेको छैन । ‘सडकको पहुँच नहुँदा सोरुकोटमा उत्पादन हुने स्याउ खेर जाने गरेको छ,’ उनले भने, ‘पाक्ने समयमा जिल्लाभरबाट गमगढीमा स्याउ जाने गरेकाले पनि किसान हतारिएर काँचो बेच्न बाध्य छन् ।’

छायानाथरारा नगरपालिकाका कृषि शाखा अधिकृत केबी रोकायाले स्याउ टिपेर बेच्न अहिले नै अनुकूल नभएको बताए । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर वार्षिक २६ देखि ३५ टनसम्म स्याउ उत्पादन हुने गरेको छ । उत्पादन भएको स्याउमध्ये १२ टन जिल्लाबाहिर जाने गरेको केन्द्रले जनाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।