२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

म हरेक रात रुँदै सुत्दथें: विद्या बालन



अ+ अ-

अभिनेत्री विद्या बालनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् ।

मुम्बईबाट प्रकाशित हुने एउटा पत्रिकालाई अन्तर्वार्ता दिदै उनले एक समय काम पाउनै छाडेको खुलासा गरेकी हुन् । त्यो बेला उनी प्रत्येक रात आँखाभरी आँशु राखेर सुत्थिन् ।

बालले भनेकी छिन्–कुनै बेला त्यस्तो पनि थियो, जति बेला म हरेक रात रुँदै सुत्दथें ।’ आफ्नो संघर्षको दिनहरु सम्झदै उनले भनेकी छिन्-‘दक्षिण भारतको फिल्म उद्योगमा मैले लगातार तीन वर्षसम्म रिजेक्सनको सामना गर्नु परेको थियो ।

त्यो बेला म राती-राती रुन बाहेक अरु केही गर्न सक्दिन थिएँ । तर भोलिपल्ट बिहान पुनः संघर्षका लागि तयार भैसकेकी हुन्थें । बिहान आफ्नै खुट्टामा उभिएर, अनुहारमा मुस्कान तथा एउटा ठूलो आशासहित म पुनः कामको खोजिमा निस्किन्थें ।’

त्यसो त विद्या बालनको जीवनमा एक समय त्यस्तो पनि आएको थियो जब उनलाई लगातार आठ वटा बायोपिकबाट प्रस्ताव आएका थिए । तर उनले ती मध्ये एमएस सुब्बूलक्ष्मीबाहेक अन्य कुनै पनि बायोपिकमा काम गरिनन् ।

विद्यालाई मीना कुमारीको बायोपिकमा काम गर्न मन थियो तर आजसम्म उनीसमक्ष कसैले पनि यसका लागि प्रस्ताव लिएर आएका छैनन् । आज पनि उनी उक्त फिल्ममा काम गर्न इच्छुक छिन् ।

विद्या बालनले ठूलै संघर्ष र कडा मेहनतपछि मात्र बलिउडमा एउटा ठूलो नाम बनाउन सफल भएकी हुन् । विद्या वालन प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्म ‘मिशन मंगल’ देखिंदैछिन्, जुन मार्स अर्बिटर मिसनमा आधारित छ ।यो फिल्म यही शुक्रवार प्रदर्शन हुँदैछ । उनी मिशन मंगल फिल्ममा अक्षय कुमार, सोनाक्षी सिन्हा, तापसी पन्नू तथा कीर्ति कुल्हरीसंगै देखिने छिन् ।