• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

प्रियंकालाई संयुक्त राष्ट्र संघको ‘शान्ति सद्भावना दूत’बाट हटाउन माग



बलिउड अभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्र संघको शान्ति सद्भावना दूतबाट हटाउन माग गरिएको छ ।

केही दिन अगाडि लस एन्जल्समा आयोजित ब्युटिकोन फेस्टिबलमा पाकिस्तानी महिलाको प्रश्नमाथि दिइएको जवाफलाई लिएर प्रियंकालाई शान्ति सद्भावना दूतबाट हटाउन माग गरिएको हो।

उक्त कार्यक्रममा प्रियंकाले दिएको जवाफ विवादस्पद बन्दै गएपछि पाकिस्नाती मानवअधिकार मन्त्री शिरिन मजारीले प्रियंकालाई सद्भावना दूतबाट हटाउन माग गरेका हुन्।

मजारीले प्रियंकाले युद्धोन्माद फैलाएको आरोप लगाउँदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘युनिसेफले तुरुन्त प्रियंका चोपडालाई राजदूत पदबाट हटाउनुपर्छ। किनभने उनले भारतीय सेना र खराब मोदी सरकारलाई समर्थन गरेकी छन्। उनलाई हटाइएन भने यस्तो नियुक्ति एक तमासा बन्न जान्छ। मर्यादित पदमा कस्ता व्यक्ति नियुक्त गरिएको छ भन्नेबारे युनिसेफले यस कुराको ख्याल गर्नुपर्छ।’