१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले नयाँ बजेट परम्परागत भन्दा नयाँ रहेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले बजेटले मुलुकको उत्पादन र रोजगारी वृद्धि गर्ने सम्बन्धमा नयाँ नयाँ प्रश्तावहरु ल्याएको बताउनु भयो । उहाँले पुरानोदेखि चलि आएका राष्ट्रिय महत्वका योजनाहरु अघि बढाउने र तिनीहरुलाई सम्पन्न गर्नेदेखि नयाँ ढंगले आफ्नो मुलुकको परम्परागत प्रविधिलाई विकास गरी औद्योगीकरण गर्दै लैजाने काम बजेटमा उल्लेख भएको बताउनु भयो । बजेट बजेटका रुपमा मात्रै नआएको भन्दै उहाँले बजेट कार्यान्वयन गर्ने संयन्त्रहरुलाई मैत्रीपूर्ण बनाउने ढंगले आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ बजेट परम्परागत भन्दा नयाँ नै छ । यसले मुलुकको उत्पादन र रोजगारी वृद्धि गर्ने सम्बन्धमा नयाँ नयाँ प्रश्तावहरु लिएर आएको छ । पुरानोदेखि चलि आएका राष्ट्रिय महत्वका योजनाहरु अघि बढाउने र तिनीहरुलाई सम्पन्न गर्नेदेखि नयाँ ढंगले आफ्नो मुलुकको परम्परागत प्रविधिलाई विकास गरी औद्योगीकरण गर्दै लैजाने काम गरेको छ ।’

नेता राईले नारीलाई विकास, राजनीति र उत्पादनको क्षेत्रमा प्रभावकारी बनाउने ढंगले बजेट आएको बताउनु भयो । उहाँले बजेट कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताउनु भयो ।