२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो भारतको सबैभन्दा महँगो टिभी शो, एक एपिसोडकै खर्च करोडौं



अ+ अ-

एजेन्सी । धेरै टिभी शोहरू टीआरपी चार्टमा शीर्ष पाँचमा छन् । दर्शकले आफ्नो मनपर्ने सिरियल हेर्न कहिल्यै छुटाउँदैनन् । तर के तपाईलाई थाहा छ भारतमा टिभी निकै सानो स्तरमा सुरु भएको थियो ।

रामायण र महाभारत कम बजेटमा बनेका थिए । तर बिस्तारै टिभी कार्यक्रमको बजेट बढ्दै गयो । आजको सबैभन्दा ठूलो र महँगो भारतीय शोको बजेट अहिलेसम्म बनेको कुनै पनि फिल्मभन्दा बढी छ ।

सन् २०१९ मा सिद्धार्थ कुमार तिवारी रामायणमा आधारित पौराणिक कार्यक्रम ‘राम सिया के लव कुश’ लिएर आएका थिए । यो कार्यक्रम त्यतिबेलाको टिभीमा सबैभन्दा ठूलो शो थियो ।

रिपोर्टका अनुसार शोको प्रत्येक एपिसोड बनाउन ४ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो । मिड–डेका अनुसार यो शोको कुल लागत ६५० करोड रुपैयाँ थियो, जुन पहिले वा हलासम्मको कुनै पनि टिभी शो वा फिल्मभन्दा बढी थियो ।

अगस्ट २०१९ मा शो रिलिज हुँदा, सबैभन्दा महँगो फिल्म साहो थियो, जसको बजेट ३५० करोड थियो । राम सियाको लवकुश झण्डै दोब्बर बजेटमा निर्माण भएको थियो । आरआरआर (५०० करोड) र ब्रह्मास्त्र (४०० करोड) पनि यसको नजिक आउन सकेनन् ।

रोचक कुरा के छ भने २०२३ मा रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ भारतको सबैभन्दा महँगो फिल्म बनेको थियो । यसको बजेट ५५० करोड रुपैयाँ भए पनि ‘राम सिया के लव कुश’ भन्दा कम छ ।

‘राम सिया के लव कुश’को कुरा गर्दा यो शो उत्तर रामायणमा आधारित थियो । भगवान लव र कुश राम–सीताका छोरा थिए । शोमा हिमांशु सोनीले भगवान रामको भूमिका निभाएका थिए भने शिवा पठानियाले सीताको भूमिका निभाएकी थिइन् भने कृष चौहान र हर्षित काबराले लव र कुशको भूमिका निभाएका थिए । यो शो अगस्ट २०१९ देखि फेब्रुअरी २०२० मा अन्त्यसम्म १४१ एपिसोडका लागि प्रसारित भयो ।