१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग



file photo
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको रिटमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी झिकाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कास्कीमा पेस भएको भनिएको सहकारी बचत ठगीसम्बन्धी कसुरको जाहेरी दरखास्त प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन विपक्षीहरूलाई आदेश दिएको हो ।

साथै, इजलासले दुवै पक्षलाई जेठ २८ गते अन्तरिम आदेश जारी गर्ने/नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाएको छ ।