४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ

सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानमाथि आक्रमण गर्ने प्रयासलाई मुम्बई प्रहरीले फेरि असफल बनाएको छ ।

पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोईको गिरोहका चार जनालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तहरुको पहिचान धनन्जय उर्फ ​​अजय कश्यप, गौरव भाटिया उर्फ ​​न्हाई, वास्पी खान उर्फ ​​वासिम चिकना र जिशान खान उर्फ ​​जावेद खानको रुपमा गरिएको छ ।

चारै जना विरुद्ध आईपीसीको धारा ११५, १२० (बी), ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । प्रहरीले लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी ब्रार लगायत १८ जना विरुद्ध एफआईआर दर्ता गरेको छ ।

प्रहरीका अनुसार चार अभियुक्तले पाकिस्तानबाट हतियार सप्लायरमार्फत हमला गराउने योजना बनाएका थिए । मिडिया रिपोर्टका अनुसार आक्रमणकारीहरूले एके ४७ र एम–१६ प्राप्त गर्ने प्रयास गरिरहेका थिए । उनीहरुले सलमानको फार्म हाउस र धेरै शुटिङ स्पटको रेकी गरेका थिए । प्रहरीले उनीहरुको मोबाइलबाट यस्ता धेरै भिडियो पनि बरामद गरेको छ ।

यी चारैले सलमानको घर र फार्महाउसको रेखदेख गरेका थिए । जसमध्ये अजय कश्यपले पाकिस्तानमा बस्ने डोगर नामका व्यक्तिलाई भिडियो कलमार्फत सम्पर्क गरेका थिए । उनी त्यहाँबाट एके ४७ लिएर सलमानमाथि आक्रमण गर्न जाँदै थिए ।

यस बाहेक मुम्बई, रायगढ, नवी मुम्बई, ठाणे, पुणे र गुजरातबाट लरेन्स बिश्नोई र सम्पत नेहरा गिरोहका करिब ६० देखि ७० जना गुण्डाहरू सलमान खानमाथि नजर राखिरहेको जानकारी पनि प्रहरीले पाएको थियो ।

उनीहरुले नाबालिग मार्फत सलमानमाथि आक्रमण गर्ने योजना बनाएका थिए । आक्रमणपछि उनीहरुको योजना कन्याकुमारीबाट डुङ्गा चढेर श्रीलंका जाने थियो ।

यसअघि १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजे गोली चलाइएको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ५ राउण्ड फायर गरेका थिए ।