१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानमाथि आक्रमण गर्ने प्रयासलाई मुम्बई प्रहरीले फेरि असफल बनाएको छ ।

पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोईको गिरोहका चार जनालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तहरुको पहिचान धनन्जय उर्फ ​​अजय कश्यप, गौरव भाटिया उर्फ ​​न्हाई, वास्पी खान उर्फ ​​वासिम चिकना र जिशान खान उर्फ ​​जावेद खानको रुपमा गरिएको छ ।

चारै जना विरुद्ध आईपीसीको धारा ११५, १२० (बी), ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । प्रहरीले लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी ब्रार लगायत १८ जना विरुद्ध एफआईआर दर्ता गरेको छ ।

प्रहरीका अनुसार चार अभियुक्तले पाकिस्तानबाट हतियार सप्लायरमार्फत हमला गराउने योजना बनाएका थिए । मिडिया रिपोर्टका अनुसार आक्रमणकारीहरूले एके ४७ र एम–१६ प्राप्त गर्ने प्रयास गरिरहेका थिए । उनीहरुले सलमानको फार्म हाउस र धेरै शुटिङ स्पटको रेकी गरेका थिए । प्रहरीले उनीहरुको मोबाइलबाट यस्ता धेरै भिडियो पनि बरामद गरेको छ ।

यी चारैले सलमानको घर र फार्महाउसको रेखदेख गरेका थिए । जसमध्ये अजय कश्यपले पाकिस्तानमा बस्ने डोगर नामका व्यक्तिलाई भिडियो कलमार्फत सम्पर्क गरेका थिए । उनी त्यहाँबाट एके ४७ लिएर सलमानमाथि आक्रमण गर्न जाँदै थिए ।

यस बाहेक मुम्बई, रायगढ, नवी मुम्बई, ठाणे, पुणे र गुजरातबाट लरेन्स बिश्नोई र सम्पत नेहरा गिरोहका करिब ६० देखि ७० जना गुण्डाहरू सलमान खानमाथि नजर राखिरहेको जानकारी पनि प्रहरीले पाएको थियो ।

उनीहरुले नाबालिग मार्फत सलमानमाथि आक्रमण गर्ने योजना बनाएका थिए । आक्रमणपछि उनीहरुको योजना कन्याकुमारीबाट डुङ्गा चढेर श्रीलंका जाने थियो ।

यसअघि १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजे गोली चलाइएको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ५ राउण्ड फायर गरेका थिए ।