• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

आज बिहिबार, के भन्छ तपाईको राशिफल ! कस्तो छ तपाईको भाग्य र भविष्य



मेष : व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । घरमा शान्ति मिल्ने छैन ।आफन्तले धोका दिने छन् ।

वृष: दिन शुभ देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । गरेका काम प्राय सफल हुने छन् । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् ।

मिथुन : विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर अगाडि बढ्नु होला । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । ऋण घट्ने सम्भावना पनि देखिन्छ । गोपनीयता अप्नाउनु होला । नसोचेका ठाँउबाट धन आउन सक्छ । मुद्धा जितिनेछ ।

कर्कट: चिन्ता घट्नेछ । समस्या कम हुनेछन् । समयमा निर्णय लिएर अगाडि बढ्नु होला नत्र अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

सिंह: घर परिवारलाई समय धेरै दिदा गर्नु पर्ने काम रोकिने छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक गतिविधि बढि हुनेछन् । आफुलाई दयाँ माया गर्ने कोहि हुने छैन तर आफुले हेर्नु पर्ने अवस्था आउन सक्छ ।

कन्या: समस्या कम हुनेछन् । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला । बन्धु वर्गादिबाट सहयोग मिल्नेछ । आर्थिक विषयलाई लिएर आश्वासन दिने लिने काम दुवै गलत सावित हुने देखिन्छ ।

तुला : ग्रह,गोचर ठीकै ठीकै देखिन्छ । समस्या कम हुनेछन् तर मुक्ति पाईने छैन । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । हतारमा कुनै निर्णय नलिनु होला । लगनशिल भई गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । बोलीको प्रभावकारीता थोरै पर्नेछ ।

वृश्चिक : दुविधा हट्ने छन् । अनावस्यक खर्चमा कमि आउनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

धनु : समय त्यति अनुकुल देखिन्न । नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ । व्यर्थको घुमाई फिराई बढि होला । संचित धनमा ह्रास आउनेछ भने अतिथि सत्कार खर्च बढ्नेछ ।

मकर: समग्रमा दिन राम्रै देखिन्छ । अस्थिर मन लिएर काम नगर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने पुरानो बक्यौता रकम उठ्नेछ । व्यापार व्यवसायबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुनेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । सुखद समाचार सुन्न पाईनेछ । घरमा मांगलिक काम हुनेछन् ।

कुम्भ : काममा देखिएका समस्या हटेर जानेछन् । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । मान सम्मान मिल्नेछ ।

मिन: भाग्यले थोरै साथ दिनेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य लगनशिलता बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सामाजिक काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् ।