८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बिहिबार, के भन्छ तपाईको राशिफल ! कस्तो छ तपाईको भाग्य र भविष्य



अ+ अ-

मेष : व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । घरमा शान्ति मिल्ने छैन ।आफन्तले धोका दिने छन् ।

वृष: दिन शुभ देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । गरेका काम प्राय सफल हुने छन् । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् ।

मिथुन : विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर अगाडि बढ्नु होला । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । ऋण घट्ने सम्भावना पनि देखिन्छ । गोपनीयता अप्नाउनु होला । नसोचेका ठाँउबाट धन आउन सक्छ । मुद्धा जितिनेछ ।

कर्कट: चिन्ता घट्नेछ । समस्या कम हुनेछन् । समयमा निर्णय लिएर अगाडि बढ्नु होला नत्र अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

सिंह: घर परिवारलाई समय धेरै दिदा गर्नु पर्ने काम रोकिने छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक गतिविधि बढि हुनेछन् । आफुलाई दयाँ माया गर्ने कोहि हुने छैन तर आफुले हेर्नु पर्ने अवस्था आउन सक्छ ।

कन्या: समस्या कम हुनेछन् । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला । बन्धु वर्गादिबाट सहयोग मिल्नेछ । आर्थिक विषयलाई लिएर आश्वासन दिने लिने काम दुवै गलत सावित हुने देखिन्छ ।

तुला : ग्रह,गोचर ठीकै ठीकै देखिन्छ । समस्या कम हुनेछन् तर मुक्ति पाईने छैन । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । हतारमा कुनै निर्णय नलिनु होला । लगनशिल भई गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । बोलीको प्रभावकारीता थोरै पर्नेछ ।

वृश्चिक : दुविधा हट्ने छन् । अनावस्यक खर्चमा कमि आउनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

धनु : समय त्यति अनुकुल देखिन्न । नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ । व्यर्थको घुमाई फिराई बढि होला । संचित धनमा ह्रास आउनेछ भने अतिथि सत्कार खर्च बढ्नेछ ।

मकर: समग्रमा दिन राम्रै देखिन्छ । अस्थिर मन लिएर काम नगर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने पुरानो बक्यौता रकम उठ्नेछ । व्यापार व्यवसायबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुनेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । सुखद समाचार सुन्न पाईनेछ । घरमा मांगलिक काम हुनेछन् ।

कुम्भ : काममा देखिएका समस्या हटेर जानेछन् । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । मान सम्मान मिल्नेछ ।

मिन: भाग्यले थोरै साथ दिनेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य लगनशिलता बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सामाजिक काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् ।