४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

कुरा लुकाउँदा १२ कक्षामा पढ्ने मनिषाको अकालमै ज्यान गयो

कुरा लुकाउँदा १२ कक्षामा पढ्ने मनिषाको अकालमै ज्यान गयो
अ+ अ-

ललितपुर । कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया मनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्छन्। जेठ १८ देखि २५ गतेसम्म उनी बाआमा भेट्न गोदावरीबाट कपन गएकी थिइन्। त्यहीबेला उनलाई कुकुरले टोकेको थियो। तर उनले यो कुरा कसैलाई बताइनन्।

कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै मात्र घाउ लागेको थियो। केही दिनमा उनको घाउ निको भयो। साउनसम्म कुनै समस्या देखिएन। साउन १४ गते उनलाई महिनावारी भयो। महिनावारीको समयमा ढाड दुखेके बताएकी थिइन्। दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो। अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुग्यो।

गेलालका अनुसार दुखाइ कम नभएपछि उनलाई १७ गते मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजाँदा रेबिजको लक्षण देखिन थालेको थियो। बाटोमा गाडीको सिसाबाट हावा छिर्दा डराउन थालिन्। बाथरुममा पानी खोल्दा पनि डराउन थालिन्। गेलालले भने, ‘रेबिजका बिरामीमा वाटरफोयिबा, एरोफोबियाको समस्या हुन्छ। उनीहरू पानी र हावाबाट डराउँछन्।’

मेडिसिटीमा पुगेपछि डाक्टरले समस्या बुझ्दै जाँदा उनले कुकुरले टोकेको कुरा सुनाएकी थिइन्। त्यसपछि उनलाई टेकु लगिएको थियो। समस्या विकराल भइसकेकाले उनको उपचार हुन नसकेको गेलालले बताए। उनले आफूसँगै बस्ने साथी र होस्टल वार्डेनलाई समेत उक्त घटना नबताएका कारण समस्या भएको गेलालले बताए। यसै विषयमा अनुसन्धान गर्न जिल्ला स्वास्थ्य कार्यालयको टोली बुधबार घटनास्थल पुगेको थियो।

रेबिज लागिसकेपछि बिरामीको श्वासप्रश्वासमा समस्या हुन्छ। पानी निल्न कठिन हुन्छ। ‘पानी देख्नेबित्तिकै घाँटीको नसा खुम्चिन्छ’, गेलालले भने, ‘हावा चल्दा पनि डराउँछन्।’ उक्त संस्थाका अन्य बालबालिकालाई पनि रेबिजविरुद्धको सुई लगाइसकेको अनुगमन क्रममा भेटिएको उनले बताए।

आर्थिक अवस्था कमजोर भएका कारण कनिषा र उनका भाइ उक्त संस्थामा बसिरहेका थिए। एसईईमा ग्रेड ए ल्याएकी उनी जेहेन्दार र लगनशील थिइन्। भाइलाई कुकुरले टोक्दा टेकुमा पर्‍याएर सुई लगाएकी उनले आफूलाई कुकुरले टोकेको कुरा भने ढाँटेकी थिइन्।

रेबिजबाट कसरी बच्ने ?

कुकुर वा बाँदरले टोक्यो भने रेबिजको कीटाणु उनीहरूको र्‍यालबाट सर्छ। नसाबाट शरीरमा रेबिजका भाइरस पस्छन्। एकदमै मन्द गतिमा सर्छ। तर, दिमागमा पुगेपछि बिरामीको मृत्यु हुन्छ। खुट्टामा टोकेको हो भने त्यो सरेर दिमागमा पुग्न समय लाग्छ। तर, घाँटीमा टोकेको हो भने छिट्टै दिमागमा पुग्छ। एन्टिरेबिज सुईले यसलाई रोक्न सक्छ। रेबिज प्राणघातक रोग भएकाले लक्षण देखिइसकेपछि उपचार सम्भव हुँदैन। कुकुरले टोक्नेबित्तिकै धाराबाट बगिरहेको पानीमा राम्ररी पखाल्नुपर्छ। साबुनपानीले र्याल पखाल्दा जान सक्छ। तातोपानीले राम्रोसँग केही मिनेटसम्म धोए पनि ज्यान बच्न सक्छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।