४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

कांग्रेसले फेरि गर्यो यस्तो निर्णय, कार्यकर्तामा खुसीयाली

कांग्रेसले फेरि गर्यो यस्तो निर्णय, कार्यकर्तामा खुसीयाली
अ+ अ-

काठमाडौँ । कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका १ हजार २ सय स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

केन्द्रीय सदस्य भीष्म आङदेम्बेको नेतृत्वमा गठित अनुशासन समितिले आरोपित सबैलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा बुधबार प्रस्तुत अनुशासन समितिको कार्य प्रगतिसम्बन्धी प्रतिवेदन पारित गरेपछि कारत्राही प्रक्रिया अघि बढ्नेछ । समितिले पत्र काटेको ३५ दिनभित्र अनुशासन समितिमा स्पष्टीकरण दिनुपर्नेछ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार, प्रस्तावक, समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार बनेका र तिनका प्रस्तावक र समर्थक नेता तथा कार्यकर्तालाई भने यसअघि नै पार्टीबाट ५ वर्षका लागि निष्कासन गरिएको छ । विधानमा यस्ता व्यक्तिहरू स्वतः पार्टीबाट निष्कासन हुने व्यवस्था छ । ३२ जिल्लाका २ सय ९८ जना यसरी निष्कासन भएका हुन् ।

समितिले स्वतः निष्कासन हुनेबाहेकका उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन लागेको हो । समितिले यसअघिका उजुरी तथा गुनासोलाई समेत छानबिनको दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउने छ । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अन्तर्घात गरेकाहरूविरुद्ध तत्कालीन समितिले कारबाहीको प्रक्रिया अघि बढाउँदाबढाउँदै छाडेको थियो । तत्कालीन समितिले कारबाही गर्नुपर्ने भनी किटान गरेका १ सय ५४ मध्ये २४ जनाले मात्रै स्पष्टीकरण दिएका थिए ।

७७ जिल्लामध्ये २८ जिल्लाबाहेक सबैबाट कारबाहीको उजुरी अनुशासन समितिमा परेको छ । ती उजुरीलाई समितिका सदस्यहरूले डेढ महिना लगाएर अध्ययन गरेका थिए । प्रमाण र तथ्यका आधारमा कारबाही गर्नुपर्ने व्यक्तिहरूमाथि स्पष्टीकरण प्रक्रिया अघि बढाउन लागिएको समितिका एक सदस्यले कान्तिपुरलाई बताए ।

उपनिर्वाचनमा प्रतिनिधि खटाउने
कांग्रेसले मंसिर १४ गते ३६ जिल्लाका रिक्त विभिन्न पदमा हुने उपनिर्वाचनका लागि पार्टीबाट केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । प्रतिनिधिसभाको १, प्रदेश निर्वाचन क्षेत्रको ३ सहित स्थानीय तहमा रिक्त पदको निर्वाचन हुँदै छ । त्यसका लागि केन्द्रीय प्रतिनिधि खटाएर माहोल पक्षमा ल्याउन कांग्रेस केन्द्रीय सदस्यहरूले बैठकमा नेतृत्वलाई सुझाव दिएका थिए ।

तनहुँको समानान्तर समिति अवैधानिक
तनहुँमा पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको संरक्षकत्वमा गठित समानान्तर समितिलाई बैठकले अवैधानिक ठहर गर्दै त्यस्तो गतिविधिमा लाग्नेउपर कारबाही गर्ने निर्णय लिएको छ । ‘तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लंघनको गतिविधिमा संलग्न पार्टीका सदस्यउपर विधान र नियमावलीअनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरी सहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने,’ निर्णयमा भनिएको छ ।

वैकुण्ठ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति रहेको जिल्ला कार्यसमिति र मातहतका निकायहरू मात्रै कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेको कांग्रेसले प्रस्ट पारेको छ । जोशीको निर्देशन र सहयोगमा तनहुँमा डिल्लीराम अधिकारीको अध्यक्षतामा कांग्रेसकै चारतारे झन्डा र रूख चिह्न प्रयोग गरी समानान्तर समिति गठन गरिएको छ ।

समान्तर शैलीमा कार्यक्रमसमेत सञ्चालन गर्दै आएपछि कारबाहीको माग राख्दै केन्द्रमा उजुरी परेको थियो । ‘अनधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको र कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लंघन र दण्डनीय कार्य भएकाले कांग्रेस पार्टीका कुनै पनि सदस्यहरू यस किसिमको भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आबद्धता हुन अनुरोध गर्दछ,’ कांग्रेस बैठकको निर्णयमा उल्लेख छ ।

कांग्रेसले जिल्लास्थित प्रशासन कार्यालय तथा अन्य सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्थाले पनि कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसँग मात्रै दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।